सुलसुलेमनोहरा साहित्य समाजको वार्षिक कार्यक्रम
भावकेशर बरालले सञ्चालन र समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख आमन्त्रित जगतप्रसाद उपाध्याय प्रेक्षित रहनुभएको थियो ।

काठमाडौं, २०७९ मङ्सिर १७ । मनोहरा साहित्य समाजको सातौं वार्षिक कार्यक्रम तथा ७१ औं रचनावाचन शृङ्खला ग्लोबल स्कुल, पेप्सीकोला, टाउनप्लानिङ्मा सम्पन्न भयो ।
भावकेशर बरालले सञ्चालन र समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख आमन्त्रित जगतप्रसाद उपाध्याय प्रेक्षित रहनुभएको थियो । विशेष व्यक्तित्व प्रतीक ढकाल, मातृका कार्की, गोविन्द घिमिरे वेदमणि, हरिप्रसाद पोख्रेल मानसाग्नि, समीर पाख्रिन, भुवन शिवाकोटी चौघरे हुनुहुन्थ्यो ।
राष्ट्रिय गानपछि प्रमुख आमन्त्रित प्रा.जगतप्रसाद उपाध्यायलाई सम्मान अर्पण गरियो । मनोहराको परिचय र अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दैे डिल्लीराज अर्यालले स्वागत मन्तव्य पनि दिनुभएपछि रचनावाचन आरम्भ भएको थियो ।
सम्पत् काफ्लेले ‘मायालु साथी म’, मान्यता कार्की (कक्षा ४) ‘हामी बालक’, डिल्लीप्रसाद मुलतिहुनले ‘कार्यालयका जुका’ . महेश प्रसाईले ‘फरक’ शीर्षका सिर्जना प्रस्तुत गरेका थिए ।
यसपछि सम्मानित/अभिनन्दित स्रष्टाहरूको परिचय शीतल गिरिले गराउनुभयो । प्रमुख आमन्त्रित र अध्यक्षबाट भुवन शिवाकोटी चौघरे र समीर पाख्रिनलाई जनही रू २०००/-नगद, दोसल्ला र सम्मानपत्र अर्पण गरेपछि गोविन्द घिमिरे वेदमणि र हरिप्रसाद पोख्रेललाई पनि जनही रू. ४०००/- नगद पुरस्कार, दोसल्ला र अभिनन्दन पत्र अर्पण गरियो । प्रमुख आमन्त्रितको समेत पाँचवटै सम्मानपत्र खोलाघरे साहिंलाले वाचन गर्नुभएको थियो ।
मन्तव्यको क्रममा भुवन शिवाकोटी चौघरेले ‘अघोषित पुरस्कार’ मुक्त लयको छोटो कवितासमेत वाचन गर्नुभएको थियो । समीर पाख्रिनले छोटोे भनाइसँगै ‘मेलम्ची बेखबर छ’, डा.शशि थापा पण्डितले ‘हस्तक्षेपरहित समय’, टी.एन.भट्ट विश्वामित्रले ‘बलात्कृतको बयान अदालतमा’, अप्सरा पोख्रेलले ‘दाइ ऊ त मेरो’, रत्ननिधि रेग्मीले ‘जगत्को भलाइ’, मातृका कार्कीले मन्तव्य र मुक्त लयको कविता, डा. हरिप्रसाद पोख्रेलले ‘बोतल’, शीर्षकका कविता वाचन गरेका थिए ।
गोविन्द घिमिरे वेदमणिले मन्तव्य सहित सम्मानको व्यापार सम्बन्धी प्रसङ्ग र कविता ‘हाम्रो प्रश्न’ कविता प्रस्तुत गरेपछि जगतप्रसाद उपाध्याय प्रेक्षितले प्रमुख आमन्त्रितको मन्तव्य दिनुभयो- ‘मनोहरालाई निरन्तर अघि बढोस् भन्ने शुभकामना, पूर्वापरका धेरै सन्दर्भहरूको उल्लेख, काम गर्नुपर्छ भन्नेमा र सत्कर्ममा’ जोड दिनु भयो ।
प्रतीक ढकालले मन्तव्यमा हिमालयसम्बन्धी रोचक संस्मरणहरू र छोटो कवितावाचन गरेपछि मनोहरा साहित्य समाजलाई रु ५०००/- प्रदान गर्नुभयो ।
जशध्वज गुरुङबाट धन्यवाद मन्तव्यका साथ सभा विसर्जन भएको थियो । कार्यक्रममा नवराज पुडासैनी, शान्ति सापकोटा, पर्शुराम परासर, रत्ननिधि रेग्मी, दीनानाथ पोख्रेल, सुमन पुडासैनी, भावना नेउपाने, शारदा पराजुली, डिल्लीरमण सुवेदी, चिरञ्जीवी रेग्मी, घनश्याम प्रसाईं लगायत ५० जनाभन्दा बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
०००
– खोलाघरे साहिँलोको टिपोटबाट
Subscribe
Login
0 Comments
Oldest











































