साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदाको छब्बिसौँ काव्यगोष्ठी

कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको २०७९ पौष २८ बिहीवार साँझ ५.०० बजे छब्बीसौं प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको २०७९ पौष २८ बिहीवार साँझ ५.०० बजे छब्बीसौं प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भयो ।

कविशिरोमणि लेखनाथ पौड्यालको १३९औं जयन्ती विशेष गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि गङ्गाप्रसाद अधिकारी (खोलाघरे साहिंलो) को प्रमुख आमन्त्रित एवं विशिष्ट आमन्त्रित पुरुषोत्तम सिग्देल, कलानिधि दाहाल, दुष्यन्त भटराई, डा.बमबहादुर थापा जिताली, मणिराज सिं, मुकुन्द शर्मा चालिसेको उपस्थितिमा रचना वाचन कार्यक्रम सम्पन्न भयो ।

गोष्ठीमा कविशिरोमणि लेखनाथ पौड्यालका कविता वाचन गरिएको थियो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको एक मात्र साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा ठूलो योगदान पुर्‍याउँदै आइरहेको छ । यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, छेस्का, सुसेली, तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूणर् थिए ।

यस अवसरमा रचना वाचन गर्ने स्रष्टा गङ्गाप्रसाद अधिकारी (खोलाघरे साहिंलो) , पुरुषोत्तम सिग्देल, कलानिधि दाहाल, मुकुन्द शर्मा चालिसे, डा.बमबहादुर थापा जिताली, दुष्यन्त भटराई, मणिराज सिं, हरिप्रसाद घिमिरे, दुर्गाप्रसाद सिग्देल, हरिप्रसाद चौलागाई, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, मुकुन्द पौडेल, दुर्गा अधिकारी भमरकोटे, बिनुबाबा घिमिरे, कालीचरण बस्नेत, सुरेशचन्दर घिमिरे, आर्त अकूलन, दुर्गा रिमाल अधिकारी, उत्तम भेटुवाल, वीरबहादुर लोहनी, टेकबहादुर लौडारीले रचना वाचन गर्नु भएको थियो ।

प्रमुख आमन्त्रित गङ्गाप्रसाद अधिकारी (खोलाघरे साहिंलो) ले कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलौएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले मन्त्र मुग्ध बनाए भन्नु भएको थियो । कविगोष्टी महकीय थियो । खोलाघरे साहिंलोले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । उहाँले निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो ।

उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको गतिविधि प्रस्तुत गर्नु भएको थियो । गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । सम्पूणर् स्रष्टाको गरिमायम उपस्थितिले कर्मदाको कविगोष्ठीमा १३९औं लेखनाथ जयन्ती सभ्य भव्य शैलीमा सफल बनाउनु हुने सम्पूणर् स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कविगोष्ठीको संयोजन पोखरेलले नै गर्नु भएको थियो ।

०००
– जगदीश्वर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x