साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँचल हेटौंडाद्वारा साहित्य सर्जकहरू सम्मानित

कार्यक्रम संस्थाका अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथिहरू आख्यानकार प्राज्ञ माया ठकुरी, सुशिला पाण्डे मानन्धर, निमेष निखिल, रुकु कार्की लगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

हेटौंडा, ०७९माघ २१ । आँचल साहित्य कला पुञ्ज मकवानपुरले विविध साहित्य सर्जकहरूलाई सम्मान गरेको छ ।
पुञ्जको १०औं वार्षिकोत्सवका अवसरमा शनिबार सम्पन्न कार्यक्रममा रचना वाचन, गायन, सर्जक सम्मान आदि गरिएको हो ।

हेटौंडा पार्टी प्यालेसमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथिहरू आख्यानकार प्राज्ञ माया ठकुरी, सुशिला पाण्डे मानन्धर, निमेष निखिल, रुकु कार्की, मुना अर्याल तथा अतिथिहरू हरिवंश भेटवाल, मुक्तिगोविन्द वैद्य, टिका आत्रेय, यशोधरा तिम्सिना, देवप्रसाद श्रेष्ठ, तारा वैद्य, प्रकाश लम्साल, चन्द्रकिरण श्रेष्ठ, मेनुका शर्मा रहनु भएको थियो ।

समाजसेवी हरिवंश भेटवाल र पत्नी बिजुला भेटवालद्वारा स्थापित बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०७९ बाट कवि तथा मकवानपुरका पहिलो महिला गजल कृतिकार बबी थापा रु. १० हजार १ राशीसहित सम्मानित हुनुभएको छ । थापाको बिथोलिएका मनहरू कृति प्रकाशित छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालद्वारा स्थापित प्रतिभा धिताल छन्द पुरस्कार २०७९ बाट छन्द सर्जक टीका आत्रेय रु. १० हजार १ राशीसहित सम्मानित हुनुभएको छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्व. अप्सरा तिम्सिना लम्साल तथा पति प्रकाश लम्सालद्वारा स्थापित ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०७९ बाट पत्रकार राममणि दाहाल रु. ७ हजार ५ सय राशीसहित सम्मानित हुनुभएको छ । यसअघि सो पुरस्कारबाट पत्रकार कौशल पाण्डे, प्रताप विष्ट, नवराज शर्मा, कृष्णराम परियार सम्मानित भैसक्नु भएको छ ।

साहित्यकार रुकु कार्की, प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रेतीद्वारा स्थापित टीकादत्त-मायदेवी-कुलकुमारी साहित्यिक पुरस्कार २०७९ बाट नाटककार माधव पोखरेल रु. ११ हजार १ सय ११ राशीसहित सम्मानित हुनुभएको छ । यसअघि ललिता दोषी, निमेष निखिल, देवराज खरेल सोही पुरस्कारबाट पुरस्कृत भैसक्नु भएको छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्व.अप्सरा तिम्सिना लम्साल तथा पति प्रकाश लम्सालद्वारा स्थापित ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०७९ बाट पत्रकार राममणि दाहाल रु. ७ हजार ५ सय राशीसहित सम्मानित हुनु भएको छ । यसअघि सो पुरस्कारबाट पत्रकार कौशल पाण्डे, प्रताप विष्ट, नवराज शर्मा, कृष्णराम परियार सम्मानित भैसक्नु भएको छ ।

गजाधर तिम्सिना र यशोधरा तिम्सिनाले आफ्नी छोरी आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष स्व. अप्सरा तिम्सिनाको स्मृतिमा स्थापना गर्नु भएको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान २०७९ बाट आख्यानकार माया ठकुरी रु. १५ हजार १ राशीसहित सम्मानित हुनु भएको छ । यसअघि सो पुरस्कारबाट आरसी रिजाल, लक्ष्मी माली, सरिता तिवारी सम्मानित भैसक्नु भएको छ ।

शिक्षासेवी देवप्रसाद श्रेष्ठद्वारा स्थापित मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार २०७९ बाट जिएस निकेतनमा कक्षा ९ मा अध्ययनरत ‘अभियुक्त समय’ का कृतिकार तथा नवसर्जक नेपालका महासचिव समर्पण न्यौपाने रु. ३ हजार ५ सय सहित सम्मानित हुनु भएको छ ।

२०७८ सालमा दिवंगत साहित्य सर्जक, समाजसेवी डा. गणेशकुमार पौडेलद्वारा २०७७ मा स्थापित वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान २०७९ बाट मूर्तिकार, साहित्य सर्जक ओमभक्त भण्डारी रु. ५ हजार १ राशीसहित सम्मानित हुनु भएको छ ।

साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा पत्नी तारा वैद्यद्वारा स्थापित मुक्ति-तारा नवप्रतिभा सम्मान २०७९ द्वारा नवप्रतिभा कृतिका लौडारीलाई रु. ५ हजार १ राशीसहित सम्मानित गरिएको छ । लौडारीको गीति काव्य प्रकाशोन्मुख रहेको छ । यस सम्मानबाट प्रशिद्धिका लम्साल, प्रशन्ना चौलागाईं सम्मानित भैसक्नु भएको छ ।

साहित्यसेवी चन्द्रकिरण श्रेष्ठ र पत्नी मेनुका शर्माद्वारा स्थापित सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७९ द्वारा बाँसुरीबाधक विष्णु विश्वकर्मालाई रु. १० हजार १ राशीसहित सम्मानित गरिएको छ । यस पुरस्कारबाट छवि अनित्य सम्मानित भैसक्नु भएको छ ।

आँचल साहित्य कला पुञ्जले प्रदान गर्ने आँचल सम्मान २०७९ बाट निरन्तर साहित्य श्रीवृद्धिमा योगदान गर्नुहुने साहित्यसेवी मुक्ति गोविन्द वैद्यलाई प्रदान गरिएको छ । उहाँले संस्थाको अक्षकोष स्थापनामा सहयोग गर्नुका साथै आफ्नै अक्षयकोष स्थापना गरी आँचललाई स्थापनाकालदेखि नै संस्थागत गर्न सघाउ पुर्‍याउनु भएकोले यो सम्मान गरिएको हो ।

मन्त्री श्रेष्ठले आफू कविताको पारखी रहेको, विगतमा उपहार, पुरस्कार प्राप्त रचनाहरू सुरक्षित राखेको र आउँदा दिनमा साहित्यिक गतिविधिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै सम्मानित व्यक्तित्व माया ठकुरीले नारीहरूद्वारा सञ्चालित आँचलले गरेको कामको प्रशंसा गर्नु भयो ।

कार्यक्रममा सम्मानित साहित्य सर्जकहरूले रचनावाचन तथा मन्तव्य दिनु भएको थियो । निरा शर्माद्वारा स्वागत गरिएको कार्यक्रममा आँचल सदस्य रजनी पौडेलद्वारा व्यक्तित्व परिचय गराउनु भएको हो भने कार्यक्रम संस्थाका सचिव सविता तिमल्सिना सहजीकरण गर्नु भएको हो ।

०००
– हेटौडा प्रतिनिधि संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x