साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा किताबघर शुरू हुँदै

फागुन २९ गतेबाट औपचारिक रुपमा शुरु हुने किताबघरले अध्ययनका लागि ४० जनाको हाराहारिमा रहेर अध्ययन गर्न सकिनेगरि छुट्टै कक्षको व्यवस्था समेत गरेको छ ।

Nepal Telecom ad

हेटौंडा, फागुन २७, २०७९ । कवि तथा पठन संस्कृतिका विकासमा लागिपरेका छवि अनित्यले किताबघर शुरु गर्न लाग्नु भएको हो ।

भुटनदेवी माविको भैरवरोडस्थित सटरमा साहित्यिक पुस्तकहरू रहने उहाँले बताउनु भयो । उक्त किताबघरमा हाललाई विद्यालय तथा कलेजका पाठ्यक्रमअनुसारका पुस्तक नराखिने तथा विशेषतः बालबालिकामा पठन संस्कृतिको विकासका लागि पुस्तकहरु पाइनेछन् । यसका अलावा युवा तथा अन्य उमेर समूहलक्षित साहित्य, राजनीति, धार्मिक, ऐतिहासिक आदि पुस्तकहरु उपलब्ध हुनेछन् ।

फागुन २९ गतेबाट औपचारिक रुपमा शुरु हुने किताबघरले अध्ययनका लागि ४० जनाको हाराहारिमा रहेर अध्ययन गर्न सकिनेगरि छुट्टै कक्षको व्यवस्था समेत गरेको छ ।

अनित्य आफैं पुस्तक लेखक रही विभिन्न स्कूलहरूमा पुस्तक प्रदर्शनी गराएको अनुभवले पनि किताबघर भिन्न उद्देश्यले सञ्चालन हुने बताउनुहुन्छ ।

०००
हेटौडाबाट संप्रस पौडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x