साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको ४५ औं शृङ्खला

प्रतिष्ठानको ४५ औं शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल ‘विपुल विद्रोही’को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

बर्दिबास, ०७९, चैत ४ । बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको ४५ औं शृङ्खला सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल ‘विपुल विद्रोही’को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य सहित आफ्नो रचना वाचन गर्ने स्रष्टाहरुमा साहित्य अनुरागी तथा शिक्षासेवी सरीता ढुंगाना, प्रलेसका केन्द्रीय पार्षद एवम् बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्नि कवच, प्रलेस महोत्तरीका अध्यक्ष नारायण घिमिरे, मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल, बुढ्यौली साहित्य समाज महोत्तरीका अध्यक्ष नानीराम दहाल ‘बन्चरो’, विनेसास महोत्तरी उपाध्यक्ष शान्ता काफ्ले अधिकारी थिए भने अन्य अतिथिहरुमा नारायण खड्का, पौडेल साहित्य प्रतिष्ठानका उपाध्यक्ष दिनेश गरिब पौडेल, मगही भाषाका अभियन्ता फुलगेन महतो मगही, प्रतिष्ठानका आख्यान विभाग प्रमुख लीलानाथ गौतम र प्रचार प्रसार विभाग प्रमुख जीवनराज दहाल र ईश्वर खतिवडा थिए ।

उक्त कार्यक्रममा विभिन्न लयका कविता गीत, गजल, कोपिला र मुक्तक वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरुमा पूजा कुशवाहा, प्रतिमा पौडेल, दीपिका गौतम, रेजिना कटुवाल नारद काफ्ले लगायत पन्ध्र जनाले वाचन गरेका थिए भने उक्त शृङ्खलामा मनिषा उराउ, सरस्वती महतो र सन्ध्या खतिवडा पनि उपस्थिति थिए ।

गौरीशंकर होटलको सभाहलमा भएको उक्त कार्यक्रमको अन्त्यमा सभाध्यक्ष विपुल विद्रोहीले प्रतिष्ठानको ४५ औं शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न पार्न उपस्थिति सम्पूणर् साहित्य अनुरागी व्यक्तित्वहरुमा हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रमलाई प्रतिष्ठानका आजीवन सदस्य एवम् बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारदप्रसाद काफ्लेले सञ्चालन गरेका थिए ।

०००
– नारदप्रसाद काफ्ले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x