साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रारा तालमा चार स्रष्टाको चार कृति विमोचित

नयाँ परिवेशमा नौलो प्रयोग गरिएको उक्त कार्यक्रम सायदै पहिलो कार्यक्रम भएको अविरल मुक्तक यात्राका संयोजक तथा अध्यक्ष रुद्र अधिकारीले दावी गर्नु भएको छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख १५ । रारातालमा कृति विमोचन गर्ने उदेश्यका साथ चार साहित्यकारहरूको टोली यहि ०८०/१/९ गते काठमाडौदेखि रारासम्मको यात्रामा निस्केको थियो । उक्त यात्राको आयोजना अविरल मुक्तक यात्रा परिवारले गरेको थियो ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली साहित्य समाजका पदाधिकारीहरूले काठमाडौंबाट गएका चार सर्जकलाई स्वागत गर्नुका साथै साहित्य कार्यक्रम आयोजना गरेका थिए ।

प्राकृतिक छ्टाले भरिपूर्ण सुन्दर चुचेमारा हिमाललाई साक्षी राखी राराको आँगनमा ०८०/१/११ गते रारा ताल परिसरमा कृति विमोचन भएको थियो । चार जना स्रष्टाको चार कृतिमा रुद्र अधिकारीको मुक्तक सङ्ग्रह ‘शून्य गगन’, विष्णु थापा विछोडको मुक्तक सङ्ग्रह ‘जीवनको लय’, लव खड्का जय भद्रकालीको मुक्तक सङ्ग्रह ‘कैवल्य’ र रविन्द्र आशिष शैलीको कविता सङ्ग्रह ‘हिंडिरहेका आँखाहरू’ विमोचन भएका थिए ।

कृतिकार आफैले आआफ्ना कृति विमोचन गरिएको उक्त कार्यक्रम एतिहासिक तथा साहित्य क्षेत्रमा नौलो आयामको रुपमा हेरिएको छ । नयाँ परिवेशमा नौलो प्रयोग गरिएको उक्त कार्यक्रम सायदै पहिलो कार्यक्रम भएको अविरल मुक्तक यात्राका संयोजक तथा अध्यक्ष रुद्र अधिकारीले दावी गर्नु भएको छ ।

सुन्दर उपत्यका सुर्खेत हुँदै दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुमा रहेको राराताल सडक बाटो प्रयोग गरी सजिलै पुग्न सकिन्छ । कर्णाली नदीको तीर, सुन्दर उपत्यका जुम्ला, पहाडी बजार कालिकोट र खस भाषाको उद्गम स्थल सिंजा उपत्यका साथै सुर्खेत वीरेन्द्रनगरमा रहेको रमणीय स्थल काँक्रे विहार, गंगामाला देउतीबजै साथै बुल्बुल तालको समेत अवलोकन गरी फर्कने दिनमा वुलवुल ताल परिसरमा कर्णाली  साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी र उपाध्यक्ष देवकी तिमिल्सिनाद्वयले संयाेजन गरी साहित्यिक कार्यक्रम आयोजना गरी विदाई समेत गर्नुभएको थियो ।

रारामा कृति विमोचन साहित्यिक यात्रा कार्यक्रमका स्रष्टाहरू १५ गते काठमाडौ फर्केपछि समापन भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x