साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मकवानपुरमा भ्रष्टाचारविरूद्ध सप्ताहव्यापि रचना वाचन सम्पन्न

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा दबाब सिर्जना गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा आज समापन भएता पनि खबरदारी गर्ने काम कहिल्यै नरोकिने आयोजकले बताएको छ ।

Nepal Telecom ad

हेटौँडा, ०८० जेठ ६ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भ्रष्टाचारविरूद्ध सप्ताहव्यापि रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

बुद्धचोक हेटौँडा-२ बाट शुरु भएको कार्यक्रम वडा नं. ४ शीतलमहल चोक, वडा नं. २ संगम चोक, वडा नं. ६ चौघडा चोक, वडा नं. १६ चिसापानी, वडा नं. ८ कमानेमा दैनिक कार्यक्रम गर्दै समापन कार्यक्रम पुनः बुद्ध चोकमा सम्पन्न गरिएको हो ।

आज आयोजित कार्यक्रममा २८ सर्जकहरूको रचना वाचन भयो । रोशनी चौलागाईँ, जनार्दन खनाल, दीपक गौतम, संप्रस पौडेल, देवराज तिवारी, यश लामा, सानु खनाल, शम्भुप्रसाद बाँसकोटा, सुवास खनाल, गोविन्द दुलाल, राजकुमार लामिछाने, केशव समर्पण, शोभा थापा, सुदीप गिरी, एस. के. निधन, छवि अनित्य, हयग्रीव आचार्य, किसन पौडेल, राजकुमार चौधरी, सञ्जीत श्रेष्ठ आदिले रचना वाचन गर्नुभयो । रचना वाचन गर्नुहुनेमा १४ वर्षका नवसर्जक समर्पण न्यौपाने र ८० वर्षका नन्दरत्न स्थापित पनि हुनुहुन्थ्यो ।

कार्यक्रममा भ्रष्टाचारविरूद्धको नागरिक निगरानी संस्था मकवानपुर तथा सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईँले यस कार्यक्रम र आफ्नो उद्देश्य मिलेकोले सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनु भयो । सबैले आ-आफ्नो ठाउँबाट भ्रष्टाचार विरुद्ध लाग्नुपर्ने भन्दै उहाँले आगामी दिनमा समेत कार्यक्रमहरू निरन्तरताको कामना गर्नुभयो ।

सर्जक सञ्जाल मकवानपुरद्वारा आयोजित सप्ताहव्यापि कार्यक्रम मकवानपुरका सबै साहित्यिक संस्थाका सहभागितामा रहेको भन्दै संयोजक निमेष निखिलले सडकमा रचना वाचन गर्दै गर्दा महिनामा एउटा कार्यक्रम सडकमा गर्दा आम मानिससँग जोडिन पाइने हुँदा त्यसतर्फ ध्यान केन्द्रित भएको बताउनु भयो ।

कार्यक्रममा स्थानीय, यात्रुहरू, शिक्षक, विद्यार्थी तथा मिडियाकर्मी लगायत स्रोता दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा दबाब सिर्जना गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा आज समापन भएता पनि खबरदारी गर्ने काम कहिल्यै नरोकिने आयोजकले बताएको छ ।

कार्यक्रमलाई रेडियो निकासले प्रत्यक्ष प्रशारण तथा विभिन्न सञ्चार माध्यमहरूले प्रकाशन तथा प्रशारण गरी सहयोग पुर्‍याएका छन् ।

सो कार्यक्रम मीनप्रसाद लामिछानेले सहजीकरण गर्नुभएको हो ।

०००
– संप्रस पौडेल, हेटौँडा
९८४५१६४२२३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x