
अरुलाई खुइल्याएपछि
राम्रो कामलाई राम्रो गर्यो, भन्दा सानो भइन्छ आफू ठूलो होइन्छ अरुलाई, खुइल्याएपछि ।

पदम भण्डारी
यस्तै हो बोकाले दाईं गरेपछि, गोरु ब्याएपछि
यस्तै हो नआउनु पर्ने मान्छे, कुर्सीमा आएपछि ।१।
दुधको साक्षी बिरालो, हामीले नै राखेको हो
सक्यो दुधको कराई बिरालोले, रजाईं गरेपछि ।२।
काम नगरेपछि कुनै पनि, गल्ति नै हुँदैन
कसरी गरोस् त उसको, बुताले नभ्याएपछि ।३।
काम गर्नेको गल्ति त, भेटिन्छ नि कतै कतै
रात बिरात लुक्दै छिप्दै, चियाएपछि ।४।
राम्रो कामलाई राम्रो गर्यो, भन्दा सानो भइन्छ
आफू ठूलो होइन्छ अरुलाई, खुइल्याएपछि ।५।
०००
चितवन