सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छ, केही बेच्न बाँकी ?

रगतको साइनो वंशको साइनो वल्लो पल्लो तल्लो मल्लो सहयोगी जति नेताले छोडेको कलोमा रमाउनेहरु जति बेच आफ्ना परिधि वाहिरका मनुवाहरू बाँकी के पो छ र, बेच्न अरू !

Nepal Telecom ad

शिवप्रसाद जैशी

धान चामल सिर्तो उठाए
बोका पाठा सितन लुटे
नदिए रैती चुटे
चेलीका इज्जत लुटे
जनताका भाँटा भाँचे
जनताद्वारा नै महल बनाउन लगाए
मोज मस्ति गरे
बाँकि के राखेर गर्न
अन्तमा देशको ढुकुटी पोको पारे
काशी, बैंगलुरू, देहरादुन सरे
अझ समुद्रपार पनि तरे
राणाजी कुलेलम ठोके !

मूर्ति चोरे
देउता बेचे
खाग, पित्त, छाला, दाह्रा, विना तस्करी गरे
दारू, चरेश, ब्राउन सुगर मजैले सेवन गरे
श्री ५ हरूकाले सकेजति सर्लक्क पारे
सम्पदा र संस्कृति परदेशतिर गजबले सारे
होटल खोले बगान बनाए व्यापरमा रमाए
शाहाजीहरूले पुस्तौपुस्ता पुग्ने गरी राम्रै कमाए !

पानी खानी बेचे
जल सुम्पे
उद्योग कारखाना सखाप पारे
थोरै जमिनको पनि व्यापार नगरेका कहाँ हन् र ?
प्रजातन्त्र ल्याए वापतको सिर्तो त उठाउनै पर्‍यो
प्रजातन्त्रवादीले व्यक्तिगत धन नथुपारेर कहाँ हुन्थ्यो ?
गरे गराए भरे भराए
कता पो पुर्‍याए ?

समाजवादको खोलभित्र
समानताको भोजभित्र
साम्यवादको ओतमुनि
जनताको जोत भनी
उदाय थरीथरी नामधारी
बचेखुचेको ढुकुटी हेरी
पोल्टो भर्ने गरि जुर्मुराए
धान दातव्य कुर्मुर्‍याए
सकियो थैली
सकियो सम्पदा र श्री !

मतो सबको गरी
समाजवाद अघिसरी
प्रजान्त्रको भरपरी
गणतन्त्र कालमा
राज्यका दोकानमा
मान्छेको व्यापार
सम्पति अपरम्पार
गणतन्त्रलाई पेवा
सम्बद्द सबैलाई मेवा
चाख चाख उपल्ला दर्जी गणतन्त्रको फल
चाख चाख बिचौलीया जति गणतन्त्रको फल
रगतको साइनो
वंशको साइनो
वल्लो पल्लो तल्लो मल्लो सहयोगी जति
नेताले छोडेको कलोमा रमाउनेहरु जति
बेच आफ्ना परिधि वाहिरका मनुवाहरू
बाँकी के पो छ र, बेच्न अरू !

०००
मार्तडी, बाजुराबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बैँसका बेबी

बैँसका बेबी

शिवप्रसाद जैशी
खान्छौँ त, जे बाँकी छ !

खान्छौँ त, जे बाँकी...

शिवप्रसाद जैशी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला