साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ, केही बेच्न बाँकी ?

रगतको साइनो वंशको साइनो वल्लो पल्लो तल्लो मल्लो सहयोगी जति नेताले छोडेको कलोमा रमाउनेहरु जति बेच आफ्ना परिधि वाहिरका मनुवाहरू बाँकी के पो छ र, बेच्न अरू !

Nepal Telecom ad

शिवप्रसाद जैशी

धान चामल सिर्तो उठाए
बोका पाठा सितन लुटे
नदिए रैती चुटे
चेलीका इज्जत लुटे
जनताका भाँटा भाँचे
जनताद्वारा नै महल बनाउन लगाए
मोज मस्ति गरे
बाँकि के राखेर गर्न
अन्तमा देशको ढुकुटी पोको पारे
काशी, बैंगलुरू, देहरादुन सरे
अझ समुद्रपार पनि तरे
राणाजी कुलेलम ठोके !

मूर्ति चोरे
देउता बेचे
खाग, पित्त, छाला, दाह्रा, विना तस्करी गरे
दारू, चरेश, ब्राउन सुगर मजैले सेवन गरे
श्री ५ हरूकाले सकेजति सर्लक्क पारे
सम्पदा र संस्कृति परदेशतिर गजबले सारे
होटल खोले बगान बनाए व्यापरमा रमाए
शाहाजीहरूले पुस्तौपुस्ता पुग्ने गरी राम्रै कमाए !

पानी खानी बेचे
जल सुम्पे
उद्योग कारखाना सखाप पारे
थोरै जमिनको पनि व्यापार नगरेका कहाँ हन् र ?
प्रजातन्त्र ल्याए वापतको सिर्तो त उठाउनै पर्‍यो
प्रजातन्त्रवादीले व्यक्तिगत धन नथुपारेर कहाँ हुन्थ्यो ?
गरे गराए भरे भराए
कता पो पुर्‍याए ?

समाजवादको खोलभित्र
समानताको भोजभित्र
साम्यवादको ओतमुनि
जनताको जोत भनी
उदाय थरीथरी नामधारी
बचेखुचेको ढुकुटी हेरी
पोल्टो भर्ने गरि जुर्मुराए
धान दातव्य कुर्मुर्‍याए
सकियो थैली
सकियो सम्पदा र श्री !

मतो सबको गरी
समाजवाद अघिसरी
प्रजान्त्रको भरपरी
गणतन्त्र कालमा
राज्यका दोकानमा
मान्छेको व्यापार
सम्पति अपरम्पार
गणतन्त्रलाई पेवा
सम्बद्द सबैलाई मेवा
चाख चाख उपल्ला दर्जी गणतन्त्रको फल
चाख चाख बिचौलीया जति गणतन्त्रको फल
रगतको साइनो
वंशको साइनो
वल्लो पल्लो तल्लो मल्लो सहयोगी जति
नेताले छोडेको कलोमा रमाउनेहरु जति
बेच आफ्ना परिधि वाहिरका मनुवाहरू
बाँकी के पो छ र, बेच्न अरू !

०००
मार्तडी, बाजुराबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
घोल

घोल

शिवप्रसाद जैशी
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x