साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव अर्याल जयन्तिमा हेटौंडामा संयुक्त कार्यक्रम

पुष्पलाल स्मृति पुस्तकालय, हेटौँडा ५ मकवानपुरस्थित भैरव अर्यालको प्रतिमामा माल्यार्पण कार्यक्रमको प्रमुख अतिथिमा नेपाली लेखक संघका केन्द्रिय सदस्य हयग्रीव आचार्य तथा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता रहेको थियो ।

Nepal Telecom ad

हेटाैडा, मकवानपुर, ०८० असाेज ५  । सिस्नुपानी नेपाल मकवानपुर र साहित्य सङ्‍गम मकवानपुरको संयुक्त आयोजनामा हास्यव्यङ्ग्यका मानक व्यक्तित्व भैरव अर्यालको जन्मजयन्तिमा एक कार्यक्रम आयोजना गरिएको छ ।

पुष्पलाल स्मृति पुस्तकालय, हेटौँडा ५ मकवानपुरस्थित भैरव अर्यालको प्रतिमामा माल्यार्पण कार्यक्रमको प्रमुख अतिथिमा नेपाली लेखक संघका केन्द्रिय सदस्य हयग्रीव आचार्य तथा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता रहेको थियो ।

साहित्य सङ्‍गम मकवानुरका अध्यक्ष डीबी बर्तौलाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा भैरव अर्यालबारे सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले भैरव अर्याललाई हास्यव्यङ्ग्य निबन्धका कुशल शिल्पीका साथसाथै उहाँ २०२२ सालमैँ प्रथम स्थान प्राप्त कविताका सर्जक भएका राम्रा कवि पनि हुनुहुन्थ्यो भन्नुभयो । साथै उहाँभित्रको कवित्वका साथै साझा कथा, साझा एकाङ्कीको सम्पादन, गोर्खापत्रका उपसम्पादक र मधुपर्कको सम्पादक भएर साहित्यिक सम्पादकका रूपमा समेत आफूलाई सफल चिनाउनु भएको विचार राख्नुभयो ।

यस्तै कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीनप्रसाद लामिछाने र सदस्य चिरञ्जीवि लामिछानेले हास्यव्यङ्ग्य कविता वाचन गर्नुभयो ।

कार्यक्रममा रमेशमोहन अधिकारी, मुना अर्याल, सुदर्शन अधिकारी, मुक्तिगोविन्द वैद्य, पुरूषोत्तम आचार्य, रजनी पौडेल, मधुकुमार ढुंगाना, शंकरप्रसाद कालाखेती, देवराज खरेल, राजुराम राउत आदिको उपस्थित रहेको थियो । स्वस्तिका दाहाललगायत साहित्य सर्जकहरू, साहित्यसेवीहरू, साहित्य अनुरागीहरूको उपस्थिति रह्यो ।

महेन्द्र ओझाले छायाङ्कन गर्नुभएको सो कार्यक्रमलाई साहित्य सङ्‍गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुभयो ।

०००
हेटाैडाबाट संप्रस पाैडेल
तस्विर : महेन्द्र ओझा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x