साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लघुकथा प्रतिष्ठानद्वारा बुढ्यौली लघुकथा आह्वान

पाेष्ट भएका बुढ्याैली विषयक लघुकथाहरू मध्ये उत्कृष्ट ठहर्याइएकाे लघुकथाका रचनाकारलाइ नगद रू. १५ हजारले पुरस्कृत गर्ने घाेषणा  एजिङ नेपालका अध्यक्ष तथा जेष्ठ नागिरककाे क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय अभियन्ता चट्याङ मास्टर (कृष्ण मुरारि गाैतमले गरेका छन् ।

Nepal Telecom ad

आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा लघुकथा प्रतिष्ठान, नेपालले बुढ्यौली विषयक लघुकथा आह्वान गरेको छ ।

संविधान दिवसको अवसर पारेर जारी प्रेस विज्ञप्तिमा भनिएको छ– सम्मानजनक जीवन जिउने हक संविधानद्वारा प्रदत्त मौलिक हक हो । वृद्धवृद्धाले समाजमा सम्मानित स्थान भेटून् र उनीहरूका बारेमा सकारात्मक सोच्न आजका पुस्ता वाध्य होऊन् भनी लघुकथा मार्फत जागरण ल्याउने प्रयास गरिएको हो ।

यस अवसरमा प्रतिष्ठानको सहप्रकाशन ‘सन्दर्भ’ पत्रिकाले ‘बुढ्यौली विषयक लघुकथा अङ्क–६’ निकाल्ने जनाएको छ । यस अघि नै लघुकथा प्रतिष्ठानले अपाङ्ग विषयक लघुकथा अङ्क–१, प्रथम वार्षिकोत्सव विषयक लघुकथा अङ्क–२, छुवाछुत तथा जातिय विभेद विरुद्ध विषयक लघुकथा अङ्क–३, नारी विषयक लघुकथा अङ्क–४, र कालजयी विषयक लघुकथा अङ्क–५ प्रकाशन गरिसकेको छ ।

बुढ्यौली विषयक लघुकथाका लागि निम्न नियममा आधारित रही आफ्नो मौलिक लघुकथा यसै लघुकथा प्रतिष्ठानको भित्तामा पोस्ट गर्न आह्वान गरेको छ ।
१. लघुकथा बुढ्यौली जीवनसँग सम्बन्धित हुनुपर्छ ।
२. लघुकथा करिव ६० वर्ष अर्थात् रिटायर जीवनको अनुभव र अनुभूति, सोच र क्रियाकलापमा आधारित हुनुपर्छ ।
३. जेष्ठ नागरिकप्रति नयाँ पुस्ताको सकारात्मक अनुभव र अनुभूति समेटिनुपर्छ ।
४. लघुकथा पोस्ट गर्दा सर्वप्रथम– (दोस्रो वार्षिकाेत्सवको शुभकामना स्वरुप बुढ्यौली विषयक लघुकथा) भनी उल्लेख गर्नुपर्छ । त्यसपछि लघुकथा शीर्षक, लघुकथाकारको नाम, पाठ्य कथा, लेखन मिति र ठेगाना लेख्नुपर्दछ ।
५. लघुकथा प्रतिष्ठानमा कुनै किसिमको फोटो, भिडियो तथा लघुकथा इतर सामग्री पोस्ट गर्न बर्जित छ ।
६. उपरोक्त नियममा आधारित रही कार्तिक २ र ३ गते पोस्ट भएका लघुकथा समेटी वार्षिकाेत्सव अङ्क निकालिने छ ।
७. नियममुताविक छोटो आयामका, स्पष्ट उद्देश्य रहेका र नव रसमध्ये कुनै एक रसयुक्त लघुकथाहरुलाई उत्कृष्ट ठानी सम्मानोपहार प्रदान गरिने छ ।

यसैबीच पाेष्ट भएका बुढ्याैली विषयक लघुकथाहरू मध्ये उत्कृष्ट ठहर्याइएकाे लघुकथाका रचनाकारलाइ नगद रू. १५ हजारले पुरस्कृत गर्ने घाेषणा  एजिङ नेपालका अध्यक्ष तथा जेष्ठ नागिरककाे क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय अभियन्ता चट्याङ मास्टर (कृष्ण मुरारि गाैतमले गरेका छन् ।

खास सन्दर्भमा प्रतिष्ठानको सहप्रकाशन ‘सन्दर्भ लघुकथा प्रधान डिजिटल पत्रिका’ मार्फत डिजिटल प्रकाशन भइरहेको छ । साथै रातको ७ः३० बजे नियमित फेसबुक र युटुभ लाइभ प्रशारणमार्फत लघुकथा विमर्शको कार्य हुँदै आएको छ । यसको हालसम्म ७०७ श्रृङ्खला पुगिसकेको छ । उक्त कार्यमा दुई दर्जन अधिक जनशक्ति नियमित क्रियाशील छन् । हालसम्म प्रतिष्ठानका ३,७०० जना सदस्यहरू पुगिसकेका छन् ।

असोज तीन गते प्रकाशित विज्ञप्तिमा प्रतिष्ठानले लघुकथाकार र जेष्ठ नागरिकप्रति लक्षित गर्दै भनेको छ– लघुकथा लेख्न कोसिस गरौँ ! जेष्ठ नागरिक सम्मानमा जुटौँ !! बुढ्यौली जीवन अनुभवको खानी हो भन्ने बुझौँ र अरूलाई पनि बुझाऔँ ।

प्रतिष्ठानको नियमित लघुकथा प्रशिक्षण कार्यक्रमले लघुकथाको उन्नयनमा कोसेढुङ्गाको काम गरिरहेको कुरा जेष्ठ नागरिक तथा साहित्यकार राममणि पोखरेल बताउँछन् ।

बुढ्यौली साहित्यको विकासमा सक्रिय रमेशमोहन अधिकारी भन्छन्– ‘जेष्ठ नागरिकका दुःखसुखमा वर्तमान पुस्ताकोे नजर त्यत्ति नपरेको अवस्थामा साहित्यका माध्यमबाट हामीले धेरथोर काम गर्दै आएका थियौँ । प्रतिष्ठानले वृद्धावस्थाको मनोभावनालाई लघुकथामा रुपान्तरण गर्ने नीति लिएको रहेछ । सम्पूर्ण वृद्ध बाआमाको आशीर्वाद लागोस् । शुभकामना !’

२०७८ सालको कार्तिक ३ गते स्थापना भएर निरन्तर वाचन र विमर्शको काम गर्दै आएको प्रतिष्ठानले विगत केही महिनादेखि फरक ढंगले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस बारे प्रतिष्ठानका संस्थापक लक्ष्मी रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– हरेक हप्ताको सोमबार, बिहीबार, शुक्रबार र शनिबार लघुकथा प्रशिक्षणको काम हुन्छ । यसमा हरेक दिन कम्तिमा तीन लघुकथाको आधारमा उत्कृष्ट लघुकथा लेखन सम्बन्धी प्रशिक्षणको काम हुन्छ । प्रशिक्षण कार्यमा डा. पुष्करराज भट्ट, पुण्य कार्की, खेमराज पोखरेल र रमेन्द्र कोइराला सक्रिय छन् ।

त्यसै गरी आइतबार ‘लघुकथा वार्ता कार्यक्रम’, मंगलबार ‘लघुकथा रोजाइ कार्यक्रम’ र बुधबार ‘लघुकथा साक्षात्कार कार्यक्रम’ सञ्चालन भइरहेको छ । लघुकथा प्रस्तोता तथा संयोजकका रूपमा मनोहर पोखरेल, पूजन न्यौपाने, लक्ष्मी रिजाल, निरज कोइराला, शारदा दहाल, सुनिता निरौला, अम्बिका बास्तोला, सुनिता निरौला, एन्जल निलु, नन्दलाल आचार्यहरू सक्रिय छन् । खगेन्द्र बस्याल र पं.ज्यो. तोयनाथ सुवेदीले समेत वाचित लघुकथा बारेमा टिप्पणी गर्दै आएका छन् । लघुकथाका माध्यमबाट समाज रूपान्तरणको महाअभियानमा प्रतिष्ठान सदैव क्रियाशील रहने प्रतिबद्धता व्यवस्थापक मनोहर पोखरेलले जाहेर गरे ।

०००
– लक्ष्मी रिजालद्वारा प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x