सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिरिकमा सन्दर्भ- रचना प्रस्तुति तथा कृति लोकार्पण

साहित्य सुनौँ परिवार मिरिकले यस्ता नियमित कार्यक्रम गर्दै आउने क्रमको यो ९९ औँ भागमा हो । यसैलाई सन्दर्भ पारेर मिरिककी शान साहित्यिक नारी स्रष्टा डा.कमला तामाङको 'अक्षर अँगालो' नामक कवितासंग्रहको पनि विधिवत लोकार्पण भएको हो ।

Nepal Telecom ad

मिरिक, दार्जिलिङ, असोज २० गते अर्थात् अक्टुबर ७ । भारतीय भूगोलका दार्जिलिङ जिल्लाअन्तर्गत मिरिक नगरपालिकाको नगरपुस्तकालयको भवनमा एउटा विशिष्ट साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

साहित्य सुनौँ परिवार मिरिकले यस्ता नियमित कार्यक्रम गर्दै आउने क्रमको यो ९९ औँ भागमा हो । यसैलाई सन्दर्भ पारेर मिरिककी शान साहित्यिक नारी स्रष्टा डा.कमला तामाङको ‘अक्षर अँगालो’ नामक कवितासंग्रहको पनि विधिवत लोकार्पण भएको हो ।

कार्यक्रममा अध्यक्ष राजबहादर राई, प्रमुख अतिथि मिरिक नगरपुस्तकालयका अध्यक्ष शीला गुरुङ, विशिष्ट अतिथिहरू मिरिक उच्चतर माविका शिक्षिकाद्वय मनिता राणा र लक्ष्मी राई, दार्जिलिङ जर्नलका सम्पादक देवीलाल प्रधान, कविहरू शान्तप्रकाश राई, पारसमणि राई, गोकुल रसाइली, सुमित्रा रुम्दाली, केसाङ लामा , अमर दुङ्माली,युवराज भण्डारी ,कवि एवम् कथाकार अजम प्रधान, कथाकार जिनर घतानी, कथाकार दीप प्रधान र शिक्षक वाईएन ढकाललगायतका व्यक्तित्वहरूको मञ्चासिन सहभागिता रहेको थियो ।

कार्यक्रम मञ्चासिन महानुभावहरूद्वारा तुल अनावरण गरी उद्घाटन गरिएको थियो भने लोकार्पित कृति ‘अक्षर अँगालो’ को र सम्पूर्ण कार्यक्रमकै समीक्षा संस्थाका अध्यक्ष साहित्यकार राजबहादुर राईले गरेका थिए ।

त्यसैगरी ज्ञातअज्ञात साहित्यिक तथा साङ्गीतिक स्रष्टाहरू र हालै प्राकृतिक प्रकोपबाट ज्यान गुमाएका व्यक्तिहरू समेतको करिब दुई मिनट मौनधारण गरिएको थियो जसमा साहित्यकार मनिका मुखिया, गायिका दिलमाया खाती, शिक्षक सीबी राई, बीबी थापा र आज लोकार्पित कृति ‘अक्षर अँगालो’ कृतिका स्रष्टा कमला तामाङकी आत्मीय ज्योज्यो निमा थिङ रहेका थिए ।

कार्यक्रममा कृति लोकार्पणपछि उपस्थित स्रष्टाहरूबाट आ-आफ्ना विभिन्न विधाका रचनाहरू वाचन तथा पठन भएका थिए । मञ्चासिन स्रष्टाका बाहुलीबाट पूर्वघोषित कृति ‘अक्षर अँगालो’ को विधिवत लोकार्पण भएपछि रचना वाचन गर्ने कविहरूमा डा.कमला तामाङ – आप्पा, लक्ष्मी राई- श्रमिक रोएको रात, सुमित्रा रुम्दाली- मन मनै रहेन अचेल, गोकुल रसाइली – सत्ताको मोह, जिनर घतानी- तीन टुक्रा, युवराज भण्डारी- मैले सुरु गरिसकेँ, शीला लामा – मेरो अस्तित्व र पूर्ख्यौली अतीत, अजम प्रधान – कानून अन्धो र बहिरो भइदिँदा, रहेका थिए ।

त्यसैगरी कथा, लेख र समीक्षा पठन गर्नेहरूमा क्रमशः मनिता राणा – उप्रेती बाहुन, अमर दुङ्माली – श्यामलाल साहिँला र अमलाको पात , दीप प्रधान – तरकारी बेसी नखानोस् है , वाईएन ढकाल र शान्तप्रकाश राई – समीक्षा आदि रहेका थिए ।

यसै क्रममा आजका प्रमुख अतिथि शीला लामाले आफूलाई सासुप्र मिरिकको सदस्यता ग्रहण गर्ने मौका दिएकोमा संस्थालाई हार्दिक बधाई दिँदै सम्पूर्ण स्रष्टाहरूलाई शुभकामना दिएकी थिइन् ।

सासुप्र मिरकले आयोजना गरेको कार्यक्रममा सचिव शीला लामाद्वारा अतिथि स्वागत मन्तव्य, औचित्य र सहजीकरणसमेत गरिएको कथाकार दीप प्रधानले जानकारी दिएका हुन् ।

०००
मेची प्रतिनिधि नदी भट्टराईद्वारा प्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad