संप्रस पाैडेलराष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविता छनौट
उत्कृष्ट २० मा पर्न सफल कविहरूबीच असोज २७ गते शनिबार बिहान ११:०० बजे प्रतिस्पर्धा गराइनेछ । रोयल पार्टी प्यालेस हेटौंडा, वडा नं. ४ मा हुने सो कार्यक्रममार्फत् प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्ने आयोजकले जनाएको छ ।

मकवानपुर, ०८० आश्विन २४ । प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित राष्ट्रिय खुला कविता प्रतियोगिताका लागि उत्कृष्ट २० कविताको नामावली सार्वजनिक गरिएको छ ।
आश्विन ८ गते प्रकाशित सूचनाबमोजिम प्राप्त कवितामध्ये चितवन, सिरहा, स्याङ्जा, रसुवा, नुवाकोट, दैलेख, भक्तपुर, तनहुँ, काठमाण्डौं, धादिङ, रौतहट, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका १/१, गोरखाका २ र मकवानपुरका ४ कविहरूका कविता छनौट चरणमा परेका हुन् ।
उत्कृष्ट २० मा पर्न सफल कविहरूबीच असोज २७ गते शनिबार बिहान ११:०० बजे प्रतिस्पर्धा गराइनेछ । रोयल पार्टी प्यालेस हेटौंडा, वडा नं. ४ मा हुने सो कार्यक्रममार्फत् प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्ने आयोजकले जनाएको छ ।
कार्यक्रमका अवसरमा छनौट चरणमा परेका कविहरूलाई यातायात खर्च व्यवस्थापन गरिनुका साथै सम्मानपत्र प्रदान गरिने छ र ‘नयाँ पुस्तामा कविता क्रेज’ विषयक बहस कार्यक्रम गरिनेछ । यसका साथै कवि विप्लव प्रतीकको एकल कविता वाचन सत्र रहने र मकवानपुरका स्रस्टालगायतका पुस्तकहरू प्रदर्शनीमा राखिने सङ्गमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभएको छ ।
०००
हेटाैँडाबाट संप्रस पाैडेल

Subscribe
Login
0 Comments
Oldest