साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध अवस्थाको भोगाइ

बाचुञ्जेल कुनै कुरामा पनि राम्रो गरेनौ बाबु मरेपछि श्रद्धापूर्वक सोह्र श्राद्ध गरेर के काम ।

Nepal Telecom ad

भावना न्यौपाने :

बाचुञ्जेल एक घुट्को पानी
कहिल्यै दिएनौ बाबु
मरेपछि जल चढाएर के काम ।

बाचुञ्जेल कहिल्यै एउटा
रोटी सोधेनौ बाबु मरेपछि
फलाहार चढाएर के काम ।

बाचुञ्जेल एउटा फलफूल
कहिले सोधेनौ बाबु मरेपछि
विभिन्न प्रकारका फलफूल चढाएर के काम ।

बाचुञ्जेल कुनै मठमन्दिर
घुमाउन लगेनौ बाबु मरेपछि
मन्दिरमा दान गरेर के काम ।

बाचुन्जेल कहिल्यै प्रेमले बोलेनौ
बाबु मरेपछि सम्झनामा
राखेर के काम ।

बाचुञ्जेल कहिल्यै एउटा औषधि सोधेनौ बाबु
मरेपछि सम्झनामा अस्पताल बनाएर के काम ।

बाचुञ्जेल कुनै कुरामा पनि
राम्रो गरेनौ बाबु मरेपछि
श्रद्धापूर्वक सोह्र श्राद्ध गरेर के काम ।

त्यसैले बाँचेकै समय
राम्रो व्यवहार गर,
प्रेम गर र सम्मान गर
मरेपछि दिएको कुरा
कसले के पाउछ …
कसले देखेको छ र ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
उठउठ पाका बाबा आमाहरु हो

उठउठ पाका बाबा आमाहरु...

भावना न्याैपाने
हमर लिएर ढुंगा कुट्दै ती आमा

हमर लिएर ढुंगा कुट्दै...

भावना न्याैपाने
तिमी विदेश जाँदा

तिमी विदेश जाँदा

भावना न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x