साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार मित्रलाई पचास हजार रुपैयाँको अन्तर्राष्ट्रिय पुरस्कार

बज्जिका साहित्य समाज सर्लाहीले मित्रलाई नवस्थापित ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार’ दिने निर्णय गरेको अध्यक्ष रामचन्द्र महतो कुशवाहाले जानकारी गराएका छन् ।

Nepal Telecom ad

गाैर, २०८२ कार्तिक २५ । रौतहटका साहित्यकार सञ्जय साह मित्रलाई ५० हजार रुपैयाको अन्तर्राष्ट्रिय पुरस्कार दिइने भएको छ ।

बज्जिका साहित्य समाज सर्लाहीले मित्रलाई नवस्थापित ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार’ दिने निर्णय गरेको अध्यक्ष रामचन्द्र महतो कुशवाहाले जानकारी गराएका छन् ।

पुरस्कारका लागि उपयुक्त पात्र चयन गर्न तीन सदस्यीय उपसमिति गठन गरिएको थियो । अध्यक्ष महतोको संयोजकत्वमा विनिताकुमारी साह र श्रीमती गुडीकुमारी साहको तीन सदस्यीय पुरस्कार चयन समितिले मित्रलाई पुरस्कार दिन सिफारिश गरेअनुरुप उक्त पुरस्कार दिने निर्णय गरिएको बताइएको छ ।

बज्जिका भाषा र साहित्यको साथै नेपाली साहित्यको लामो समयदेखि सेवा गरेको भन्दै मित्रलाई ५० हजार रुपैया नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिने अध्यक्ष कुशवाहाको भनाइ छ । बज्जिका र नेपालीमा गरी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका मित्रले हिन्दी भाषामा पनि साहित्य सिर्जना गरेका छन् । भाषा, साहित्य, संस्कृति, समीक्षा, समालोचना तथा अनुसन्धानका साथै सिर्जनामा कलम चलाइरहेका मित्रको हाइकुदेखि महाकाव्यसम्म प्रकाशित छन् ।

नेपाल सरकारको संस्कृति मन्त्रालयबाट प्रदान गरिने प्रादेशिक प्रतिभा (साहित्य) पुरस्कार प्राप्त गरिसकेका मित्रलाई सर्लाहीकै एउटा संस्थाले यस अघि बज्जिका शिरोमणिको उपाधि पनि दिइसकेको छ ।

यसै गरी ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी सम्मान’बाट समाजसेवी दीनबन्धु झा, मानव अधिकारकर्मी मुकेशकुमार मिश्र, साहित्यकार संजय महतो राज, विजय यादव निर्बिज, ममता मृदुल, बुद्धवीर लामालाई सम्मानित गरिने भएको छ ।

यसै गरी भारतीय साहित्यकारहरु मणिभूषण प्रसाद सिंह अकेला, सन्तोष चौधरी, हंसलाल साह र हेमा सिंहलाई पनि सम्मानित गरिने भएको अध्यक्ष कुशवाहाले जानकारी गराएका छन् ।
बज्जिका साहित्य समाज सर्लाहीमार्फत पहिलोपटक ठुलो राशीको पुरस्कार स्थापना गरिएको छ । सर्लाहीको विष्णु गाउँपालिकाका सेवा निवृत्त प्रहरी कर्मचारी महानन्द झाले आफ्ना सहोदर दाजु सदानन्द झाको स्मृतिमा पुरस्कार तथा सम्मानको स्थापना गरेका हुन् ।

यसै वर्ष स्थापित पुरस्कार तथा सम्मान मंसिर ६ गते शनिवारका दिन सर्लाही सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने कुशवाहाले जनाएका छन् ।

कार्यक्रममा नेपाल र भारतका बज्जिका, नेपाली तथा हिन्दी भाषाका साहित्यकारहरुको सहभागिता रहने बताइएको छ ।

‘व्यङ्ग्यम्’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहका कुशल व्यङ्ग्य शिल्पी सञ्जय विगत लामाे समयदेखि फित्काैली डटकममा कथ्याैली स्तम्भ अन्तर्गत निरन्तर कथात्मक व्यङ्ग्य लेख्दै आउनु भएकाे छ । फित्काैली उहाँप्रति हार्दिक बधाइ ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जंगे कुकुरको सुरक्षा

जंगे कुकुरको सुरक्षा

फित्काैली डटकम
पाँच ठाेक्तक

पाँच ठाेक्तक

फित्काैली डटकम
भिडमा एक्लो म

भिडमा एक्लो म

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x