साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रम हरायो !

गज्जबका हामीहरु अब सबै हराइयो भन्ने अनमोल चिन्ता थियो अफसोच, रात रहेपछि अग्राख मात्र होइन रहेछ हराएका सबै जिनिस झ्याप्पै पलाए ॥ मात्र अब त केही होला कि भन्ने हाम्रो साझा भ्रम हरायो ।

Nepal Telecom ad

गायत्री परिराेशनी

चिया, सिया अनि रिया पसलमा
मस्तले कुरा काट्ने
अमूल्य काम हरायो ।

महामहिमहरुलाई
चाकरी र चाप्लुसी गर्दै
सिद्धान्तको धारा खोलेर
मानसम्मानको पगरी थाप्ने
जे माग्यो त्यही पाइने
बलियो झोला थियो
त्यो समेत, गणितको २३ र २४
पछि मस्तले हरायो ॥

राम्रा काम जति सबै
मैले र मेरो दलले गरेको
नराम्रो जति सबै तैँले अनि
तेरो सरकारले गरेको ।
आजिवन पेन्सन पाइने
मालदार काम थियो
अँग्रेजी अल्फावेटको
डेन्जर जी आएपछि
जदूको छडी जस्तै हरायो ॥

परिश्रम गर्नेको खुट्टा तान्ने
इमान्दारहरुलाई लात्ताले हान्ने
बाहै्र मास केही नगर्ने ।
भाषणको डम्फु बजाउने
कसैले खोस्न नसक्ने काम
अनायासमा झ्याप्पै हरायो ॥

एक नम्बरी काम देख्नै नसक्ने
दुई नम्बरी काम गरेर
कहिल्यै नथाक्ने ।
गज्जबका हामीहरु
अब सबै हराइयो भन्ने
अनमोल चिन्ता थियो
अफसोच,
रात रहेपछि अग्राख मात्र होइन रहेछ
हराएका सबै जिनिस झ्याप्पै पलाए ॥
मात्र अब त केही होला कि भन्ने
हाम्रो साझा भ्रम हरायो ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x