साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोरठी नृत्य सहित न्वागी खाने कार्यक्रम सम्पन्न

धुमबाराहीस्थित धुम्रबराह बैंक्वेटमा न्वागी खाने कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सभापतित्व इस्माली समाज काठमाडौँका अध्यक्ष वेदनिधि अधिकारीले गर्नुभएको थियो

Nepal Telecom ad

काठमाडौँ, २०८२ मङ्सिर ६ । गुल्मीको इस्मा गाउँपालिकाबाट काठमाडौँ उपत्यकामा आई बसोबास गर्नेहरुको संस्था ‘इस्माली समाज काठमाडौँ’ ले गत शुक्रबार न्वागी खाने कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौँको धुमबाराहीस्थित धुम्रबराह बैंक्वेटमा न्वागी खाने कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सभापतित्व इस्माली समाज काठमाडौँका अध्यक्ष वेदनिधि अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गृहमन्त्री ओम प्रकाश अर्याल हुनुहुन्थ्यो ।विशेष अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्की हुनुहुन्थ्यो। गृहमन्त्री इस्माली सेवा समाजका आजीवन सदस्य पनि हुनुहुन्छ।

मन्तव्य दिने क्रममा मन्त्री अर्यालले हामीहरु सबै मिलेर साहित्य, कला र संस्कृतिलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभएको थियो भने गुल्मीले नै जन्माएका प्रहरी महानिरीक्षक कार्कीले पनि आफ्नो शुभकामना मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा गुल्मीमा प्रचलित सोरठी नृत्य पनि प्रदर्शन गरिएको थियो। पछिल्लो समय न्वागी खाने चलन हराउँदै गएको अवस्थामा इस्माली समाजले काठमाडौँमै यस्तो कार्यक्रम गर्नुलाई अर्थपूर्ण रुपमा लिनसकिन्छ।

हरेक वर्ष नयाँ धान भित्र्याएपछि पहिलो पटक न्वागी नखाई भात लगायत अन्य परिकार बनाएर खानहुँदैन भन्ने मान्यता रहिआएको छ। न्वागी गुल्मीको इस्मामै उत्पादित हंशराज जातको धान त्यतैको ढिँकीमा कुटिएको चामलबाट तयार गरिएको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जंगे कुकुरको सुरक्षा

जंगे कुकुरको सुरक्षा

फित्काैली डटकम
पाँच ठाेक्तक

पाँच ठाेक्तक

फित्काैली डटकम
भिडमा एक्लो म

भिडमा एक्लो म

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x