फित्काैली डटकमअभिनव साहित्य समाजको २८५ अौं शृङ्खला सम्पन्न
संस्थाका उपाध्यक्ष विमलअर्याल सभाध्यक्ष, नगरप्रमुख दीपक रिसाल प्रमुख आमन्त्रित रहनुभएको तथा ठाकुरप्रसाद भण्डारी, सुवास प्याकुरेल, रामप्रसाद पन्त, गोविन्द टण्डन, पूर्व सांसद कृष्ण राई, गोविन्द घिमिरे वेदमणि लगायत हुनुहुन्छ ।

काठमाडाैं, २०८२ कात्तिक २९ । अभिनव साहित्य समाजको २८५ अौं शृङ्खला महाकवि देवकोटाको ११७अौं जन्मजयन्ती तथा हरिअभिनव विद्वत् प्रतिभा सम्मान समर्पण एवम् पुस्तक लोकार्पण कार्यक्रमका रूपमा सम्पन्न भएको छ।
संस्थाका उपाध्यक्ष विमलअर्याल सभाध्यक्ष, नगरप्रमुख दीपक रिसाल प्रमुख आमन्त्रित रहनुभएको तथा ठाकुरप्रसाद भण्डारी, सुवास प्याकुरेल, रामप्रसाद पन्त, गोविन्द टण्डन, पूर्व सांसद कृष्ण राई, गोविन्द घिमिरे वेदमणि लगायत विशिष्ट व्यक्तित्व रहनुभएको यस कार्यक्रमको सञ्चालन कार्यसमितिका सहसचिव मेनका पोख्रेल आचार्यले र स्वागत सचिव परशुराम पराशरले गर्नुभएको थियो ।
सुपरिचित समालोचक, निबन्धकार, छन्दकवि ठाकुर शर्मा भण्डारीले शुभकामना मन्तव्यको क्रममा गोविन्द टण्डनको नेपाली साहित्य र अध्यात्मको क्षेत्रमा भएको भूमिकाबारे थोरै प्रकाश पार्नुभयो र “हिमाली मनको आस्था” अनुष्टुप् छ्न्दको कविता सुनाउनुभयो ।
सुवास प्याकुरेलले गोविन्द टण्डनको संक्षिप्त परिचयमा समाजसेवी,आध्यात्मिक, साँस्कृतिक अभियन्ता, उद्यमी आदि पक्ष बताउनुभयो । बीपी इलामेले सम्मानपत्र वाचन गरेपछि गोविन्द टण्डनलाई दोसल्ला ओढाएर नगद रू. ३० हजारसहित “हरि अभिनव विद्वत् प्रतिभा सम्मान” अर्पण गरिएको थियो ।
आफ्नो धन्यवाद मन्तव्यको क्रममा गोविन्द टण्डनले आफू सम्मानित भएको भन्दा पनि देशको साँस्कृतिक, धार्मिक, सामाजिक सेवाको क्षेत्र नै सम्मानित भएको मानेको छु । यदायदा ही धर्मस्य.. को प्रसङ्ग ल्याउँदै अब पुस्तान्तरण र हस्तान्तरणको समस्या भएको छ भन्दै पशुपतिनाथका विविध पक्षमा र समसामयिक विषयहरूमा पनि धेरै कुरा प्रकाश पार्नुभयो ।
कार्यक्रममा अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणिका २ कृति “गजलाञ्जलि” गजलसङ्ग्रह र “खै के भनौं के भनौं” कवितासङ्ग्रहको सामुहिक विमोचन भयो । आफ्नो मन्तव्यको क्रममा घिमिरे वेदमणिले आफ्ना पिता कीर्तिशेष ज्यो.हरिप्रसाद घिमिरेको स्मरण गर्दै यो सम्मानकोषको स्थापना र सम्मानअर्पण पनि आफ्ना पिताको सार्वजनिक श्राद्ध गरेको नै मान्छु भन्नुभयो र आफ्ना विमोचित दुवै कृतिबारे थोरै प्रकाश पार्दै सबैलाई धन्यवाद दिंदै कृति पढिदिन अनुरोध गर्नुभयो ।
विशेष आमन्त्रित दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले मातापिताई श्रद्धा /सम्मान गरेमा पवित्र आशीर्वाद प्राप्त र हामी सबैले सकेसम्म पितृको श्रद्धामा सृजनात्मक कार्य गर्नुपर्छ भन्नुभयो ।
प्रमुख आमन्त्रित नगरपिता दीपक रिसालले गोकर्णेश्वर न पाको धार्मिक साँस्कृतिक धरोहरहरू निकैको जीर्णोद्धार गरिएको, पर्यटकीय स्थल बनाउने, सफा वाग्मती बनाउने, साहित्यिक संस्थाहरूलाई प्रेरित गर्ने आदि अभियानमा हामी क्रियाशील छौं भन्नुभयो । कोषदाता रघुनाथ आचार्यले आफूले राखेको साविक रु १ लाखको पुरस्कार अक्षयकोषमा थप गर्न रू १ लाखको चेक हस्तान्तरण गर्नुभयो ।
अन्त्यमा अध्यक्षको जिम्मेवारीमा बसेका विमल अर्यालले सम्मानितलाई हार्दिक बधाइ दिंदै, कृति विमोचन वापतमा स्रष्टा गोविन्द घिमिरे वेदमणिलाई बधाइ र अन्य सबैलाई हार्दिक धन्यवाद दिएर सभा समापन गर्नुभयो ।
कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरूमा- १.सरिता दुलाल घिमिरे, २. ठाकुरप्रसाद खतिवडा, ३. बुद्धिसागर पौडेल, ४. खोलाघरे साहिंलो,५.सञ्जय सोती, ६.दिवाकर न्यौपाने,७.सीताराम पोख्रेल, ८.सुशील आचार्य, ९. निर्मल पराजुली ,१०.कृष्ण सुवेदी”भारद्वाज मित्र”, ११.रत्ननिधि रेग्मी, १२. प्रदीपरत्न शाक्य, १३.सुरेशचन्द्र घिमिरे, १४.शर्मिला तिमिल्सिना, १५.भानुभक्त न्यौपाने, १७.गङ्गा कर्माचार्य पौडेल (गीत) १८.घनश्याम प्रसाईं – (भजन) हुनुहुन्थ्यो र मेनका पोख्रेल आचार्य, सरिता तिमिल्सिना, खोलाघरे साहिंलो आदिले गोविन्द घिमिरे वेदमणिको आज लोकार्पित सङ्ग्रहबाट गजलहरू वाचन गर्नुभएको थियो ।
०००
खोलाघरे साहिंलोकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































