साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेस काल

आनन्दको मुक्त विशेष हाँसो हिजो थियो जो अब छैन चासो न छन् मिठा भोजनका कमाल आयो कताबाट बुढेस काल ।

Nepal Telecom ad

जहाँ भन्यो हुर्र त्यहाँ पुगिन्थ्यो
जता भयो सोच त्यता घुमिन्थ्यो
जे गर्न हुन्थ्यो मनमा विचार
तत्काल त्यो काम सफा गरिन्थ्यो ।।

पर्देशझैँ आँगन लाग्न थाल्यो
झन् कालले यो वयवृक्ष ढाल्यो
खुसी हराएर विरक्ति पाल
आयो कताबाट बुढेस काल ।।

कस्तो मजाको वय सिद्धिएछ
रहस्य जस्तै किन रित्तिएछ
सौन्दर्यको आज पर्‍यो अकाल
आयो कताबाट बुढेस काल ।।

आनन्दको मुक्त विशेष हाँसो
हिजो थियो जो अब छैन चासो
न छन् मिठा भोजनका कमाल
आयो कताबाट बुढेस काल ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x