सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढेस काल

आनन्दको मुक्त विशेष हाँसो हिजो थियो जो अब छैन चासो न छन् मिठा भोजनका कमाल आयो कताबाट बुढेस काल ।

Nepal Telecom ad

जहाँ भन्यो हुर्र त्यहाँ पुगिन्थ्यो
जता भयो सोच त्यता घुमिन्थ्यो
जे गर्न हुन्थ्यो मनमा विचार
तत्काल त्यो काम सफा गरिन्थ्यो ।।

पर्देशझैँ आँगन लाग्न थाल्यो
झन् कालले यो वयवृक्ष ढाल्यो
खुसी हराएर विरक्ति पाल
आयो कताबाट बुढेस काल ।।

कस्तो मजाको वय सिद्धिएछ
रहस्य जस्तै किन रित्तिएछ
सौन्दर्यको आज पर्‍यो अकाल
आयो कताबाट बुढेस काल ।।

आनन्दको मुक्त विशेष हाँसो
हिजो थियो जो अब छैन चासो
न छन् मिठा भोजनका कमाल
आयो कताबाट बुढेस काल ।।

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीका चार ठोक्तक

बुढ्यौलीका चार ठोक्तक

वासुदेव गुरागाईं
बूढो उमेर

बूढो उमेर

गाेपेन्द्रप्रसाद रिजाल
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
‘बा’ काव्यांश (२१)

‘बा’ काव्यांश (२१)

दीनानाथ पाेखरेल
पिता माता हुन् हाम्रा चेतना-प्रभा

पिता माता हुन् हाम्रा...

घनश्याम रेग्मी
जन्मदाताको पुकार

जन्मदाताको पुकार

हेमनाथ घिमिरे