
बुढ्यौलीका चार ठोक्तक
बुढ्यौलीमा जता हेर्यो त्यतै कालो हुन्छ पन्छाएर नसकिने थुप्रै जालो हुन्छ अरूका त दायाँबायाँ के नै कुरा भो र ! अप्ठेरोमा तर्की हिँड्ने आफ्नै सालो हुन्छ ।

वासुदेव गुरागाईं :
१.
बुढ्यौलीमा पात्रोभित्र तिथि हुन्न कतै
यताउता भेट्न जाने मिति हुन्न कतै
शक्ति हुँदा चुरीफुरी गर्नेहरू बुझ
निर्धो बन्दै गएपछि प्रीति हुन्न कतै ।
२.
बुढ्यौलीमा गोलीभन्दा बोली चर्को हुन्छ
यता बोल्यो उता बोल्यो सबै झर्को हुन्छ
खाडलमा परेपछि डिँगो चेत्छ भन्थे
आफ्ना भन्ने लाखापाखा सबै अर्को हुन्छ ।
३.
बुढ्यौलीमा कस्तो कस्तो आफ्नै तन हुन्छ
यो गरूँ कि त्यो गरूँ कि आफ्नै मन हुन्छ
चारैतिर हेर्यो कतै कोही हुन्नन् साथी
कतै केही काम नलाग्ने आफ्नै धन हुन्छ ।
४.
बुढ्यौलीमा जता हेर्यो त्यतै कालो हुन्छ
पन्छाएर नसकिने थुप्रै जालो हुन्छ
अरूका त दायाँबायाँ के नै कुरा भो र !
अप्ठेरोमा तर्की हिँड्ने आफ्नै सालो हुन्छ ।
०००
नुवाकोट, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest