साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीका चार ठोक्तक

बुढ्यौलीमा जता हेर्‍यो त्यतै कालो हुन्छ पन्छाएर नसकिने थुप्रै जालो हुन्छ अरूका त दायाँबायाँ के नै कुरा भो र ! अप्ठेरोमा तर्की हिँड्ने आफ्नै सालो हुन्छ ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

१.

बुढ्यौलीमा पात्रोभित्र तिथि हुन्न कतै
यताउता भेट्न जाने मिति हुन्न कतै
शक्ति हुँदा चुरीफुरी गर्नेहरू बुझ
निर्धो बन्दै गएपछि प्रीति हुन्न कतै ।

२.

बुढ्यौलीमा गोलीभन्दा बोली चर्को हुन्छ
यता बोल्यो उता बोल्यो सबै झर्को हुन्छ
खाडलमा परेपछि डिँगो चेत्छ भन्थे
आफ्ना भन्ने लाखापाखा सबै अर्को हुन्छ ।

३.

बुढ्यौलीमा कस्तो कस्तो आफ्नै तन हुन्छ
यो गरूँ कि त्यो गरूँ कि आफ्नै मन हुन्छ
चारैतिर हेर्‍यो कतै कोही हुन्नन् साथी
कतै केही काम नलाग्ने आफ्नै धन हुन्छ ।

४.

बुढ्यौलीमा जता हेर्‍यो त्यतै कालो हुन्छ
पन्छाएर नसकिने थुप्रै जालो हुन्छ
अरूका त दायाँबायाँ के नै कुरा भो र !
अप्ठेरोमा तर्की हिँड्ने आफ्नै सालो हुन्छ ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x