फित्काैली डटकममञ्जुश्री साहित्य समाजको ६९ औँ नियमित प्रविधिमैत्री कविगोष्ठी
अध्यक्ष डा.बमबहादुर थापा जितालीको अध्यक्षता तथा प्रमुख आमन्त्रित कवि जगदीश्वर पोखरेल एवं विशिष्ट अतिथि वरिष्ठकवि गोविन्दप्रसाद घिमिरे वेदमणिको गरिमामय उपस्थितिमा सम्पन्न भएकाे हाे ।

काठमाडाैं, २०८१ वैशाख ७ । मञ्जुश्री साहित्य समाज रानीवन, काठमाडौँको ६९ औँ नियमित प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष डा.बमबहादुर थापा जितालीको अध्यक्षता तथा प्रमुख आमन्त्रित कवि जगदीश्वर पोखरेल एवं विशिष्ट अतिथि वरिष्ठकवि गोविन्दप्रसाद घिमिरे वेदमणिको गरिमामय उपस्थितिमा सम्पन्न भएकाे हाे ।
कविगोष्ठीमा वार्णिक छन्द, लोकछन्द, कोपिला तथा सुसेली रोचक ढङ्गबाट कविहरूले वाचन गरे । देशभक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिका विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरिएका थिए ।
सो अवसरमा रचना वाचन गर्ने कविहरूमा जगदीश्वर पोखरेलले पञ्चचामर, डा.बमबहादुर थापा जितालीले सवाई, गोविन्दप्रसाद घिमिरे वेदमणिले तोटक, पुरुषोत्तम सिग्देलले इन्द्रवज्रा, गङ्गा लिगलले मुक्तक, वीरबहादुर लोहनीले पन्द्र अक्षरी लोकलय, टेकबहादुर लौडारीले उपजाति, चन्द्रा न्यौपानैले सुसेली, सुरेशचन्द्र घिमिरेले कोपिला र दुर्गाप्रसाद अधिकारी भमरकोटे सहभागी हुनु हुन्थ्यो ।
प्रमुख आमन्त्रित जगदीश्वर पोखरेलले मञ्जुश्री साहित्य समाजले साहित्यको सेवा गर्दै आएको छ, सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ, छन्दको संरक्षण गरेको छ र अग्रज स्रष्टालाई सम्मान नवोदितलाई प्रोत्साहन गरेको बताउँदै मञ्जुश्रीले भाषाको विकासमा योगदान गरेको छ भन्नु भयो ।
कविगोष्ठीमा सहभागीले उकृष्ट कविता वाचन गरेकाे बताउँदै पोखरेलले वाचित रचनाको संक्षीप्त समीक्षा गर्नु भएको थियो ।
विशिष्ट अतिथि गोविन्द घिमिरेले साहित्यको विकास गरेको छ तर हामीले नयाँ पुस्तालाई आकर्षण गर्न सकेका छैनौँ, विद्यालयमा गएर साहित्यिक समारोह यथेष्ट गर्न सकेका छैनौँ । नयाँ पुस्ता दिनानुदिन विदेसिएको छ । भाषा साहित्यको विकास कल्ले गर्ने भन्ने समस्या आएको छ भन्नु भयो ।
सभाध्यक्ष डा.बमबहादुर थापा जितालीले आज वाचित कविता गुणस्तरीय थिए, कविगोष्ठी गरिमामय भयो, सभ्य, भव्य र नव्य भएकाे बताउँदै कवितामा बिम्ब प्रतीकका साथै ध्वनि हुनु पर्छ भन्नु भयो । उहाँले नेपाली भाषा बिगार्न कसैले हुँदैन भन्नु भयो ।
कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै उहाँले गोष्ठी समापन गर्नु भएको थियो ।
सचिव वीरबहादुर लोहनीले स्वागत गर्दै कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।
०००
– पाेखरेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































