सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्ध चिन्ता

माग्ने काम त तुच्छ हो तर अझै माग्छन् स्वयम् खै किन ? पार्ने बाध्य छ को घचेट्छ कसले छन् बाध्यकारी किन ? नाता भेट हुँदा गयो सरम जो बाँचेर मर्छन् तन । रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।

Nepal Telecom ad

कविराज घिमिरे :

लेखुन् यी कविले विपत् यदि भए पाका जहाँ छन् अरू ।
देखुन् वास्तव जे छ वृद्धजनका आफ्ना समस्याहरू ।।
भेटुन् ज्येष्ठ मडारिँदा शिथिल छन् पानी नपाईकन ।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

छैनन् साथ भने कुनै जन यता छोरा बुहारीहरू ।
छोरी नाति र नातिनी पनि गए के काम लाग्लान् अरू ।।
त्यस्ता छौ यदि वृद्ध एकल भने आशा छ बाँच्ने भन।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

को छन् भन् सरकार राज्यभरिमा ती वृद्धवृद्धा कति ?
को को छन् घरबारहीन तहमा मागेर खान्छन् कति ?
को छन् उच्च घरानियाँ सकल ती छन् को मझौला जन ।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

कोही बाध्य भएर खेप्न नसकी मागेर खान्छन् कति ?
कोही कुण्ठित छन् बुहार्तन बढी लाचारमा छन् कति ?
वैरागी मन हुन्छ एकल हुँदा को को रहेछन् भन ।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

माग्ने काम त तुच्छ हो तर अझै माग्छन् स्वयम् खै किन ?
पार्ने बाध्य छ को घचेट्छ कसले छन् बाध्यकारी किन ?
नाता भेट हुँदा गयो सरम जो बाँचेर मर्छन् तन ।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमाको चिन्ता (२)

आमाको चिन्ता (२)

कविराज घिमिरे
आमाको चिन्ता

आमाको चिन्ता

कविराज घिमिरे
बुढ्यौली

बुढ्यौली

कविराज घिमिरे
बाबा

बाबा

कविराज घिमिरे
वृद्ध

वृद्ध

कविराज घिमिरे
जेठाकाे आत्म-बिलाैना

जेठाकाे आत्म-बिलाैना

देवीप्रसाद मिश्र
बाबुआमा (काव्यांश- ४७)

बाबुआमा (काव्यांश- ४७)

दीनानाथ पाेखरेल
चिन्न पाएको छैन

चिन्न पाएको छैन

डिल्लीराज अर्याल
आमाको चिन्ता (२)

आमाको चिन्ता (२)

कविराज घिमिरे
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका कहर

वृद्धका कहर

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x