साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्ता

माग्ने काम त तुच्छ हो तर अझै माग्छन् स्वयम् खै किन ? पार्ने बाध्य छ को घचेट्छ कसले छन् बाध्यकारी किन ? नाता भेट हुँदा गयो सरम जो बाँचेर मर्छन् तन । रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।

Nepal Telecom ad

कविराज घिमिरे :

लेखुन् यी कविले विपत् यदि भए पाका जहाँ छन् अरू ।
देखुन् वास्तव जे छ वृद्धजनका आफ्ना समस्याहरू ।।
भेटुन् ज्येष्ठ मडारिँदा शिथिल छन् पानी नपाईकन ।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

छैनन् साथ भने कुनै जन यता छोरा बुहारीहरू ।
छोरी नाति र नातिनी पनि गए के काम लाग्लान् अरू ।।
त्यस्ता छौ यदि वृद्ध एकल भने आशा छ बाँच्ने भन।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

को छन् भन् सरकार राज्यभरिमा ती वृद्धवृद्धा कति ?
को को छन् घरबारहीन तहमा मागेर खान्छन् कति ?
को छन् उच्च घरानियाँ सकल ती छन् को मझौला जन ।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

कोही बाध्य भएर खेप्न नसकी मागेर खान्छन् कति ?
कोही कुण्ठित छन् बुहार्तन बढी लाचारमा छन् कति ?
वैरागी मन हुन्छ एकल हुँदा को को रहेछन् भन ।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

माग्ने काम त तुच्छ हो तर अझै माग्छन् स्वयम् खै किन ?
पार्ने बाध्य छ को घचेट्छ कसले छन् बाध्यकारी किन ?
नाता भेट हुँदा गयो सरम जो बाँचेर मर्छन् तन ।
रोक्ने के छ विकल्प मान्य जन हो सोध्दै छ मेरो मन ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x