साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा

बाबाको ममता मिलेर घरमा आमा रमेकी कति । बाबाबाट खुसी निरन्तर दिँदा सन्तान छन् पूर्ण ती ।। बाबाको मन तृप्त हुन्छ सबका मारेर जो राग छन् । बाबा धन्य पहाडझैँ अचलभै आँधी सबै छेल्दछन् ।।

Nepal Telecom ad

कविराज घिमिरे :

बाबा क्षेत्रविहीन छन् भुवनमा सम्पूर्णले मान्दछन् ।
बाबाका अति योग्य कर्म फलदा संसारले जान्दछन् ।।
बाबानै सब राजमार्ग गति हुन् दौडाउँछन् इन्जिन ।
बाबा स्वच्छ हिमाल पुञ्ज हिमका सर्वत्र छन् कञ्चन ।।

बाबा साक्षरता मुहान सबका शीर्षस्थ हुन् शिक्षक ।
बाबा झुक्न र गल्न सक्नु र कहाँ बन्छन् कडा भिक्षुक ।।
बाबामा अभिमान गौरव दुवै पाइन्छ हेर्ने गरौँ ।
बाबाको मन भाँचिँदैन कहिल्यै आएर बुझ्ने गरौँ ।।

बाबा बन्धक छन् सदैव घरमा सन्तान हाँस्लान् भनी ।
बाबाको परिहास गर्छ जसले के बुझ्छ ऊ जीवनी ।।
बाबा वृद्ध भए अझै भर हुने सन्तानलाई बुझौँ ।
बाबाको घरबार हुन्छ कसिलो आदर्श मानी पुजौँ ।।

बाबाको ममता मिलेर घरमा आमा रमेकी कति ।
बाबाबाट खुसी निरन्तर दिँदा सन्तान छन् पूर्ण ती ।।
बाबाको मन तृप्त हुन्छ सबका मारेर जो राग छन् ।
बाबा धन्य पहाडझैँ अचलभै आँधी सबै छेल्दछन् ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x