साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिक पूजित हुन् अब ज्येष्ठ जन

तनय वा तनया पनि साथ न छन् दुख र दर्द सबै अनि उल्झन छन् अब गरौँ अभिनन्दन वृद्ध मन अधिक पूजित हुन् अब ज्येष्ठ जन ।

Nepal Telecom ad

दुष्यन्त भट्टराई :

घर समाज कुरा किन काट्छ सधैँ
वचनभित्र छुरा किन राख्छ सधैँ
गलत हेर विरोध गरून् सुमन
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।१

भरण पोषण गर्दछ सन्ततिमा
अनि बचावट गर्दछ शोषणमा
छ अपहेलित जो बुझ हे सुमन
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।२

व्यथित देखिन सक्दछ वृद्ध मन
थकित भेटिन सक्दछ वृद्ध तन
दिन सकून् सहयोग समस्त मन
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।३

तनय वा तनया पनि साथ न छन्
दुख र दर्द सबै अनि उल्झन छन्
अब गरौँ अभिनन्दन वृद्ध मन
अधिक पूजित हुन् अब ज्येष्ठ जन ।४

०००
झापा, हाल- अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x