साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर देशको भलो

आधार टेक्ने र समाउने तिमी आमा बचाऊ भयभीत यो जिमी माता कृपा होस् ममता रहोस् ठुलो दुर्गा भवानी, गर देशको भलो।७।

Nepal Telecom ad

कल्पना अधिकारी :

दुष्टात्म जन्मे यस देशमा किन
स्वार्थीहरूले भरियो टनाटन
फाले उखेली दरिलो थियोे बलो
दुर्गा भवानी, गर देशको भलो ।१

आकाश धर्ती छ सबै धुवाँधुवाँ
सत् बुद्धि देऊ करुणा गरी मुमा
देख्दा अवस्था अबरुद्ध भो गलो
दुर्गा भवानी, गर देशको भलो ।२।

बस्थे दशैँमा परिवार साथमा
जे मिल्छ खान्थे निज हात, पातमा
कल्ले बनायो दयनीय यो थलो ।
दुर्गा भवानी, गर देशको भलो।३।

बज्थे दमाहा सनही र मादल
छायो अनायास परन्तु बादल
यो बुद्धको भूमि भयो थिलोथिलो
दुर्गा भवानी, गर देशको भलो ।४।

फल्दै छ बेमौसमको कुकाफल
फालून् कुसंस्कार खटी युवादल
सत्ता तथा शासन होस् दरो खरो
दुर्गा भवानी, गर देशको भलो।५।

हुन्नन् कुनै शान्ति निमित्त चिन्तन
सन्तान जन्मून् अबका सुसज्जन
सौन्दर्यले पूर्ण, सुरम्य होस् खलो
दुर्गा भवानी, गर देशको भलो।६।

आधार टेक्ने र समाउने तिमी
आमा बचाऊ भयभीत यो जिमी
माता कृपा होस् ममता रहोस् ठुलो
दुर्गा भवानी, गर देशको भलो।७।

०००
भक्तपुर बुसासकाे छन्द अभ्यासबाट सुटुक्क ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x