साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा ज्येष्ठ अथाह ज्ञाननिधि

उम्दा कृत्य सिकाउने अवनिका हुन् वृद्ध अध्यापक । गर्दा सङ्‌गत भाग्दछन् डर सबै खोज्दै क्रियाका हक ।। दुर्छे चिन्तन हट्दछन् मगजका भाग्नेछ मैलो धक । आफ्नो जीवन उठ्छ उच्च तहमा बन्नेछ सङ्लो जग ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

हाम्रा ज्येष्ठ अथाह ज्ञाननिधि हुन् जानेर सिक्ने गरौँ ।
सङ्‌‌ला सत्पथ दिव्य धार बटुलौँ सायुज्य आभा छरौँ ।।
उम्दा मूल बुझौँ सुकृत्य पथका हुन् दृश्य यी ईश्वर ।
चोला सार्थक पार्न ज्ञान नटिपे आउन्न हाँसो घर ।।०१।।

पाले सौख्य दिएर नित्य यिनले उल्लास वर्षा गरे ।
खाली पेट बसे स्वयम् कहरमा सन्ताप मेरा हरे ।।
मेरा हर्ष टिपेर नित्य करमा राखेर हाँसो छरे ।
यो संसार चिनाउने हितकला मेरा गिदीमा भरे ।।०२।।

के हो गर्न सुयोग्य कर्म हितको ? संसारका खातिर ।
मर्दा बाँच्न सकिन्छ दीप युगको बाल्यो भने आखिर ।।
मान्छेझैँ म बने विशाल भवले पुज्नेछ उम्दा गनी ।
बस्छन् छाप अनन्तसम्म जगमा सायुज्यमैत्री बनी ।।०३।।

वृद्धावृद्ध सँगै बढे सब कुरा छन् शिल्प वा ज्ञानका ।
सोधी आर्जन गर्न नित्य म सकूँ सामुज्यको पानका ।।
अग्ला शैल समान कर्म गुण छन् त्यागेर दुख्ने किन ?
जागा कान, हियो ,दिमाग म गरूँ उत्थानमा लम्किन ।।०४।।

के हो कृत्य अकृत्य ? बुझ्न म सकूँ सत्कर्म टिप्ने बनूँ।
पाका मानव देवतुल्य गनिने सन्मार्ग यौटा खनूँ ।।
नौलो जोश उमङ्ग भर्न म सकूँ पाका बनून जागृत ।
आफू सक्रिय कर्ममा रत रहून् छानेर सक्ने कृत ।।०५।।

उम्दा कृत्य सिकाउने अवनिका हुन् वृद्ध अध्यापक ।
गर्दा सङ्‌गत भाग्दछन् डर सबै खोज्दै क्रियाका हक ।।
दुर्छे चिन्तन हट्दछन् मगजका भाग्नेछ मैलो धक ।
आफ्नो जीवन उठ्छ उच्च तहमा बन्नेछ सङ्लो जग ।।०६।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x