साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेकान

महाशय, तपाईँ सोचिनुहुन्छ, म सोच्नेमा परेँ महोदय, तपाईँ त रोजिनुहुन्छ, म रोज्नेमा परेँ हाम्रो बाटो, साधन र गन्तव्य एउटै नै हो तर महामहिम, तपाईँ खोजिनुहुन्छ, म खोज्नेमा परेँ ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
म चिठीभित्रको विषय हेर्दिनँ, खाम हेर्छु
म ज्ञान र गुण हेर्दिनँ, दौलत र दाम हेर्छु
मेरो दृष्टि नै यस्तै छ यसमा मेरो के दोष
म रचनाको स्तर हेर्दिनँ, लेख्नेको नाम हेर्छु ।

२.
तपाईँ भित्ता र आली काट्नुस्, म खेतका गरा काट्छु
तपाईँ उठ्ने आकाश काट्नुस्, म उभिने धरा काट्छु
आउनुस्, मिलेर काटौँ यो संसारकै पुरानो संस्कृतिलाई
तपाईँ माथिका हाँगा ठुन्क्याउनुस्, म फेँदका जरा काट्छु ।

३.
महाशय, तपाईँ सोचिनुहुन्छ, म सोच्नेमा परेँ
महोदय, तपाईँ त रोजिनुहुन्छ, म रोज्नेमा परेँ
हाम्रो बाटो, साधन र गन्तव्य एउटै नै हो तर
महामहिम, तपाईँ खोजिनुहुन्छ, म खोज्नेमा परेँ ।

४.
जो दोषी छन् तिनले टाउको लुकाएर कुरा गर्छन्‌
जो निर्दोष छन् तिनले टाउको उठाएर कुरा गर्छन्‌
होँचा मान्छेको टाउको सधैँ उठेकै हुन्छ नि हजुर
जो अग्ला छन् तिनले टाउको झुकाएर कुरा गर्छन् ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x