साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढा नेताहरूलाई सुझाव

बुढा मिलेर राज्यले खपेर भार राष्ट्रको न थेग्न सक्छ राम्ररी न गर्न सक्छ पार यो उता नखोक भन्दछन् हुँदैन लाज तैपनि सचेतना पुगेन है न नाच छैन आँगनी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

कुनै अतीव वृद्ध छन् चुहुन्छ ऱ्याल कोटमा
दिँदैन ज्योति नेत्रले सहेर बस्छ चोटमा
सही न सुन्छ कर्णले यताउता कुनै ध्वनि
न दन्तले चपाउँदा चपिन्छ खाद्य त्यो पनि ।। १

नसा छ राजनीतिको पृथक् हुँदैन स्वार्थ छ
युवा अगाडि आउँदा भनेर बस्छ व्यर्थ छ
भलो न गर्छ देशको न सक्छ जोत्न नै हलो
इमानमा रहेन है प्रबुद्ध वृद्धको थलो ।। २

ठुलो गरेर कल्पना भरोसहीन मार्गमा
हिँडाउँदै लगे वृथा रुँदै छ लोक झन् यहाँ
धुलो छ वादभित्र नै सफा हुँदैन भन्दछन्
भनी ममात्र बुज्झकी स्वयम् वरिष्ठ गन्दछन् ।। ३

सुधार हुन्छ के गरी भएछ देश लङ्गडो
मियो छ जालझेलको बनेन कामको खलो
बुढा मिलेर राज्यको हुँदै छ आज दोहन
सतर्क लोक हौँ सबै भएन हेर्न शोभन ।। ४

बुढाबुढी समग्र यी बनेर शिष्ट देउता
पुजुन् समाजले सबै तथापि छैन एउटा
छ लोभमात्र वृद्धमा बढी अपार लालच
भएछ खोट राज्यमा घुमेर हेर जाल छ ।। ५

बुढा मिलेर राज्यले खपेर भार राष्ट्रको
न थेग्न सक्छ राम्ररी न गर्न सक्छ पार यो
उता नखोक भन्दछन् हुँदैन लाज तैपनि
सचेतना पुगेन है न नाच छैन आँगनी ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x