साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

न हस्तिनापुर बन्नुपर्छ न गान्धार बन्नुपर्छ कसैले भन्नै पर्दैन नेपाल सानदार बन्नुपर्छ चाहिने जति सबै प्रकृतिले दिएकै त छ नि नेपाल बन्न नेता र जनता इमानदार बन्नुपर्छ ।

Nepal Telecom ad

रमेश समर्थन :


केको गर्नु घमण्ड व्यर्थमा, तकदिर फेरिइरहन्छ
एलबम उही रहन्छ, तर तस्विर फेरिइरहन्छ
निगाहको तक्मा लगाएर के सान देखाउँछौ
मालिक उही रहन्छ तर जन्जिर फेरिइरहन्छ ।

२.
विकासको बजेट बिचमै चुहिन्छ, ठाउँठाउँमा चुहावट छ
मान्छे अचेल सस्तोमै मारिन्छ, उसको मूल्यमा गिरावट छ
हिजो आत्महत्या गर्न खोजेको व्यक्तिले एउटा उजुरी दिएछ
उसको आरोप छ, उसले खाएको जहरमा पनि मिलावट छ।

३.
न हस्तिनापुर बन्नुपर्छ न गान्धार बन्नुपर्छ
कसैले भन्नै पर्दैन नेपाल सानदार बन्नुपर्छ
चाहिने जति सबै प्रकृतिले दिएकै त छ नि
नेपाल बन्न नेता र जनता इमानदार बन्नुपर्छ ।

४.
के रहन्थ्यो र मुटु बरै ! वचनले रेटेपछि
कहाँ जानु, कहाँ बस्नु आफ्नैले लखेटेपछि
जे गरे पनि जे भए पनि सधैं पछि पर्नुपर्छ
आफ्ना हातको भाग्यरेखा आफ्नै हातले मेटेपछि ।

०००
रूपन्देही
बदनाम आँचल (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x