साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उदयपुरमा नयाँ साहित्यिक संस्था स्थापना

गाईघाटमा नयाँ साहित्यिक संस्था ‘उदयपुर साहित्य कला प्रतिष्ठान’ को एक समारोह बिच प्राज्ञ एवम् भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले उद्घाटन गर्नु भएको छ ।

Nepal Telecom ad

गाइघाट, २०७९ माघ १३ । उदयपुरको गाईघाटमा नयाँ साहित्यिक संस्था ‘उदयपुर साहित्य कला प्रतिष्ठान’ को एक समारोह बिच प्राज्ञ एवम् भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले उद्घाटन गर्नु भएको छ ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाशकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पोखरेलले संस्था स्थापना गर्नु ठूलो कुरो होइन संस्थाले गर्ने साहित्यिक गतिविधि नै महत्वपूर्ण भएको बताउनु भयो । उहाँले उदयपुरको साहित्यिक इतिहास लोकनाथ पोखरेलको लोक मञ्जरी नामक कविता सङ्ग्रहबाट शुरु भएको बताउँदै आउँदा दिनहरूमा उदयपुरको समस्त वाङ्मय क्षेत्रको इतिहास लेखिनु पर्ने कुरामा जोड दिनु भयो ।

संस्थका उपाध्यक्ष बासुदेव उपाध्याय पोखरेलको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा संस्थाका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले संस्थाको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो भने स्रष्टाहरूले रचना वाचनसहित संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना मन्तव्य समेत राखेका थिए ।

रचना वाचन सहित शुभकामना मन्तव्य दिनेहरूमा हिमालय पौडेल, उद्धव घिमिरे, योग्यश्वर घिमिरे, खिला घिमिरे बूइपाखिरी, अनिल घिमिरे, गोपाल कीर्ति, सुमित्रा पोखरेल, हर्कनारायण श्रेष्ठ, ऋषि राई, अरुण कोइमी दोभान रहेका थिए ।

यसैगरी सो कार्यक्रममा सविता पोखरेल, बालकृष्ण भट्टराई, त्रियुगा नगरपालिका १० नं वडाध्यक्ष किरण पाण्डे, चर्चित हास्य टेलिश्रृङ्खला मेरी बास्सैका कलाकार स्यालबूढाका उपनामले चिनिएका धर्मराज भट्टराई, समाजसेवी बेदप्रसाद पोखरेल लगायतका रहेका थिए । मन्तव्यका क्रममा मेरी बास्सैका कलाकार स्यालबूढाका नामले परिचित धर्मराज भट्टराईले हास्यकला समेत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा कार्यक्रमका अध्यक्ष डा.कैलाशकुमार राईले संस्थाले आगामी दिनहरूमा साहित्यिक गतिविधि निरन्तर बढाउँदै लैजाने र उदयपुरको साहित्यिक कार्यक्रमलाई देशभरी चिनाउन प्रयासरत रहने बताउनु भयो ।

संस्थाकी सचिव सरिता पौडेल गुरागाईको संचालनमा भएको थियो भने संस्थाका कोषाध्यक्ष महेन्द्रकुमार राईले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरमा यही माघ ४ गते दर्ता नं १२२९ मा दर्ता भएको यस संस्थाको अध्यक्षमा डा. कैलाशकुमार राई, उपाध्यक्षमा बासुदेव उपाध्याय पोखरेल, महासचिवमा माधव पोखरेल गोज्याङ्ग्रे, सचिवमा सरिता पौडेल गुरागाई, कोषाध्यक्षमा महेन्द्रकुमार राई रहनु भएको छ । सदस्यहरूमा शारदाप्रसाद भट्टराई, उद्धव घिमिरे, नन्दलाल आचार्य, श्यामकणर् राई, ऋृषिकेश पोखरेल, सुमित्रा पोखरेल, हिमालय पौडेल, मुना खत्री, चन्द्रनारायण चौधरी, फडिन्द्र विश्वकर्मा, पार्वती विश्वकर्मा, भीम खत्री घाँसे, ऋृषि राई, गोपालकुमार हुमागाई, गोपाल कीर्ति र अनिल घिमिरे रहेका छन् ।

०००
-माधव गोज्याङ्ग्रे उदयपुर, गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x