सुलसुलेचन्द्रागिरि साहित्य प्रतिष्ठानको १३८ औं श्रृङ्खला
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३८ औं श्रृङ्खला छन्द कविता विशेष काव्यगोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

काठमाडौं, २०७९ माघ ११ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३८ औं श्रृङ्खला छन्द कविता विशेष काव्यगोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।
प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं डा.दामोदर पुडासैनीज्यूको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले मन्तव्य दिनुहुँदै छन्दमा सुललित, मात्रा र तुक बन्दी हुन्छ, पूर्वीय दर्शनमा भामहले मिहनत गरे, वाल्मीकिले छन्द तयार गरे भन्नुहुँदै छन्दलाई आत्मसात गर्नु जरुरी छ भन्नु भयो । छन्द र मुक्त छन्दको कविता उत्तिकै महत्व छ एक थरिले छन्दको गण नजान्दा र जानेर पनि वेवास्ता गर्दा लेखनी उत्कृष्ट नभएको देखिन्छ गद्य र पद्य दुवैको महत्व उस्तै छ भन्नु भयो । चन्द्रागिरिले छन्द विशेष अनुष्ठान गरेकोमा धड्कनजी र चन्द्रागिरि साहित्य प्रतिष्ठानप्रति धन्यवाद दिदै निरन्तरताको लागि हार्दिक शुभकामना दिनुभयो ।
विशिष्ठ अतिथि डा. बमबहादुर जितालीले मात्रिक, गंगा लिगलले हरेक हप्ता बुधवार सञ्चालन गर्ने कार्यक्रम कुनै न कुनै विषय र विधामा सञ्चालन हुन्छ त्यसमा आज छन्द कविता विशेष गोष्ठीले छन्द परिष्कृत गर्ने आधार पनि सिकाएको र साहित्यको माध्यमबाट चेतनाका कुराहरु रचनाले बोध गराएको छ भन्नु भयो ।
विशिष्ठ अतिथि कलानिधि दाहालले १३८ औं श्रृङ्खला असाध्य राम्रो रुपमा भएको छ, छन्द कविताको मुटु हो वास्तविक कविता बन्न कविताको भाव चाहिन्छ, चन्द्रागिरिको विधागत विशिष्टीकरण सह्रानिय छ भन्नु भयो । विशिष्ठ अतिथि डा.सीता सुवेदी र ललिता दोषीले शुभकामना व्यक्त गर्नु हुँदै कविता सुनाउनु भयो ।
सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा भएको काव्य गोष्ठीमा अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमश नारायणप्रसाद निरौला, लक्ष्मीप्रसाद मिश्र, दुर्गा रिमाल, यज्ञलाल सुवेदी, उत्तम भेटवाल, अनुराधा थापा, भवानी घिमिरे, उत्तम विपस्वी, उर्मिला पन्त, द्वारिका कुईंकेल, सुधा बास्कोटा ढकाल, चूडा निर्भिक, वालकवि जेसिका कंडेल, गोम बिक्रम, महानन्द ढकाल, चन्द्रा न्यौपाने, सुरेश घिमिरे, वीरबहादुर लोहनी, सिर्जन खनाल, चन्द्रावती अधिकारी लगायत २६ जना सर्जकहरूले शास्त्रीय छन्द, लोक छन्दका आ-आफ्ना छन्द विशेष रचना कविता, खोरिया,आदि रचनाबाट भव्य बनाउनु भयो ।
अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रुपमा खोरिया लेखनको सैद्धान्तिक अवधारणा प्रष्ट पार्नुहुँदै खोरिया लोक छन्द हो, यसलाई जुनसुकै भाकामा पनि गाउन सकिने छ भन्नुहुँदै स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत पनि हरेक हप्ता बुधबार खोरिया लेखन अभ्यास गरिरहनु भएको छ भन्नु हुँदै यहाहरू नियमित समय दिएर जोडिनु भएकोले नै आयोजकले खुशी ग्रहण गर्न पाएका हौं भन्नु आज छन्दको पालोमा सहभागी कम होला कि भन्ने अनुमान थियो तर समय सिमा नाघेर जोडिन खोज्ने १२ जनालाई जोडेर मौका दिन सकिएन यस अर्थमा झनै उत्साह थपिएको भन्नुहुँदै प्रमुख अतिथि पुडासैनी, विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गर्नु भई खोरिया र चित्रलेखा छन्द कविता सुनाउनु भए पश्चात कार्यक्रम समापनको घोषणा गर्नु भयो ।
०००
– धडकन
Subscribe
Login
0 Comments
Oldest












































