साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय जय कुर्सीदेवी

बन्धन यता सम्बन्धन उता, सबै यहाँ भएर कुर्सीका भोका हरे जति बेला पनि “लौ खा” !!! ठिक बेला ठिक ठाउँमा नहिर्काउँदा भएभरको सबै गुमाउने । बुझेर पनि बुझ पचाउनेलाई कति सम्झाउने ??

Nepal Telecom ad

दलगत निष्ठाको करकापमा
लगाइयो स्वस्तिक उनकै छापमा
तर राजनैतिक स्वार्थको चापमा
स्वात्तै सारा युक्ति परे धरापमा ।
ल फेरि बसौं कुरेर आफ्नो पालो,
गुटबन्दीको रापमा, जय जय गर्दै,
कुर्सीदेवीको जापमा ।

नलगाउँदा ढोकामा रोका- २
उनी अंठ्याएर फर्किन लाग्दा,
उनलाई फिर्ता जानबाट
ढोकामा नलगाउँदा रोका ।
गजबले हानिहाले उनले
मौकामा चौका ।

भुइँको उठाउन खोज्दा
पोल्टाको पनि पोखिएछ ।
अब खोजिंदै छ
कसलाई बनाउँदा ठिक हुन्छ
बलिको बोका ।

कारण एउटै
बन्धन यता सम्बन्धन उता,
सबै यहाँ भएर कुर्सीका भोका
हरे जति बेला पनि “लौ खा” !!!

ठिक बेला ठिक ठाउँमा नहिर्काउँदा
भएभरको सबै गुमाउने ।
बुझेर पनि बुझ पचाउनेलाई
कति सम्झाउने ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x