साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मासिक साहित्यिक कार्यक्रम सम्पन्न

प्रमुख आमन्त्रित इलामका कवि खोलाघरे साहिंलो र मधु पोख्रेलको अध्यक्षतामा राष्ट्रसेवक कर्मचारी सहकारी संस्था विराटनगरको मासिक साहित्य सिर्जना र सम्वाद कार्यक्रमको ४१ औं छाल सम्पन्न भयो ।

Nepal Telecom ad

मोरङ, ०७९ माघ १३ । प्रमुख आमन्त्रित इलामका कवि खोलाघरे साहिंलो र मधु पोख्रेलको अध्यक्षतामा राष्ट्रसेवक कर्मचारी सहकारी संस्था विराटनगरको मासिक साहित्य सिर्जना र सम्वाद कार्यक्रमको ४१ औं छाल सम्पन्न भयो ।

वाचित रचनाहरूमा- जीवन काश्यपको गजल ‘म राम्री भनूँ वा भनूँ सुन्दरी हौ..’, रामबाबु दाहालको ‘म’, गोपाल निर्भीकको ‘शहीदहरूलाई सम्झना’, रोहिणी रसिकको ‘आगो लगाएर गै’, सुन्दरी घिमिरेको ‘सबका दिलले अब देश चिनून्’, लक्ष्मी रायमाझी खड्काको ‘गजल’, ‘चुट्न नसकेर आँसुको.., राधा भट्टराईको ‘मुक्तक र गजल’- ‘आएँ भन्नु पर्दैनथ्यो, इशारा नै काफी थियो,.. अजिता प्रधानको कविता ‘फर्क युवा हो’ भुजङ्गप्रयातमा, देवका काफ्लकोे ‘हाम्रो कर्तव्य’ लोकलयमा, भरत गुरागाईं बर्बरिकको कविता ‘प्रस्थानविन्दु’ प्रस्तुत गरिए ।

त्यसैगरि भवानीप्रसाद पोख्रेलको ‘बाहिरै शीत खायो’ लोकलयमा, प्रमोद ढकालको मुक्तक र गजल- ‘जब जब निरङ्कुशताविरुद्ध कदम चाल्छ कलमले..’, सुजाता राई-चारुको, राग विरागको ‘खै कसरी सुनाऊँ उडिरहेको विमान जल्यो आमा…’, सरिता तुलाधरका ४ वटा मुक्तकहरू, आकृति राईको गीत ‘सुनसान रातमा यो मेरोआत्मा लछप्प रुझेको…’, अम्बिका खरेल उप्रेतीको मुक्तकहरू, शिवनारायण सिङ्गलको ‘आत्महत्याराहरूलाई’ गद्यकविता प्रस्तुत गरिएको थियो ।

देवी पन्थीले मन्तव्य र चारु वाचन गरेपछि खोलाघरे साहिंलोकद्वारा प्रमुुख आमन्त्रितको मन्तव्य र ‘आ निदरी’ कविता छन्दमा प्रस्तुत भयो । कविता केशरी-गजलले ‘बुझ्ने मान्छे कुरा बुझ्छ आँखाबाट अधरबाट..’ सुनाउनु भयो । तुलसी अधिकारीले छोटो मन्तव्य नियमित कार्यक्रम र व्यवस्थापन सम्बन्धी जानकारी दिनुभयो । चिठ्ठा विजेता जीवन काश्यपलाई रू. १ हजार र मायाँको चिनो प्रदान गरियो ।

मधु पोख्रेलले अध्यक्षको मन्तव्य र गजल गायन ‘सफा चट्ट…’ वाचन गरी औपचारिक सभा विसर्जन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कविता केशरीले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x