साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँचुली

त्यसपछि कोब्रा, अजिङ्गर र गाँडेमाछा प्रस्तावित काँचुली फेर्ने ठाउँ खोज्दै हिंड्नथाले । बाटोमा अजिङ्गरले भन्यो । -“मलाई त साह्रै गाह्रो भो । मेरो छाला यही फाल्छु ।”

Nepal Telecom ad

एउटा सर्प दिक्दार थियो । अर्को सर्पलाई रूखो शब्दमा मुण्टो ठाडो पारेर सोध्यो ।
-“मितज्यूलाई जुनी फेर्न आउँछ ?”

सर्पहरू यसै पनि घस्रिने जातका प्राणीहरू थिए । उनीहरूको नृत्य नागिनको झैं हुँदैथियो । नागिनको कम्मर र शीर कहिले झुक्थ्यो । कहिले फुक्थ्यो । कहिले कम्मर भाँचिन्थ्यो । कहिले स्पीङ झैं तन्किन्थ्यो । यसैबीच कोब्रा जातको सर्पको नियम थियो ।
-“ढाडमा टेकेर टाउकोमा डस्ने !”

अजिङ्गर जातको सर्प पनि कम्तिको थिएन । उसलाई केवल पेटभर्नु थियो । अगाडि जे पायो त्यही निलिदिन्थ्यो । बेलाबेला घ्याम्पे भुँडी हल्लाएर घस्रिरहन्थ्यो । कोब्रासँग लोली मिलाउँदै भन्थ्यो ।
-“टाउकोमा टेकेर ढाड भाँच्ने !”

उनीहरू लठारिदै जब सडकमा पुगे, तब उनीहरूले बाटोमा एउटा लठेब्रो मानिसलाई भेटेर सोधे ।
-“काँचुली फेर्ने हो दाइ ?”
-“अरे ! म सर्प हो र काँचुली फेर्न !”
-“हाम्रो प्रभावले फेर्न सक्छौ त !”

उनीहरूका कुरा सुनेपछि लठेब्रो मान्छेले अचम्म मान्यो । तब उसले एउटा केही विचार गरेर आफ्नो मुहार ऐनामा गएर हेर्ने सोच बनायो । ऐनामा उसको अमुहार गाँडेमाछाको झैं देख्यो । उसले अनुमान काट्यो ।
-“सर्पहरूको सङ्गतको प्रभाव !”

त्यसपछि कोब्रा, अजिङ्गर र गाँडेमाछा प्रस्तावित काँचुली फेर्ने ठाउँ खोज्दै हिंड्नथाले । बाटोमा अजिङ्गरले भन्यो ।
-“मलाई त साह्रै गाह्रो भो । मेरो छाला यही फाल्छु ।”

त्यसपछि अजिङ्गर छाला शरीरबाट फेर्दाफेर्दै बाटोमा छलियो । अलिपर पुगेको कोब्राले गाँडेमाछालाई भन्यो ।
-“घस्रिने जात हो । छाला नफर्के बाँच्नै सक्दिन ! अलिकति तानिदेउ न !”

गाँडेमाछा अलमल्ल पर्यो । उसले अलिअलि मिलाएर छाला तानिदियो । तान्दातान्दै भुतुक्कै भयो । अन्त्यमा गाँडेमाछा बाटोमा हिंडिरहेको थियो । उसलाई कसैले सोध्यो ।
-“अब पनि चुली चढ्ने ?”

हड्बडाएर उसले तितो शब्दमा उत्तर दियो ।
-“तिमीहरू पनि सर्प हौ र ?”

उसको अगाडि भीड जम्मा भएको थियो सबैको हात हातमा ऐना थियो । सबैले उसको अनुहारमा सूर्यको ज्योति परावर्तन गरिरहेका थिए । ऊचाहिँ पखेंटा उचालेर हल्लिरहेको थियो । भीडमा चस्काले बर्बराइरहेको थियो ।
-“सर्पहरूले बाण हाने !”

मानिसहरू गलल्ल हाँसेर जवाफ दिए ।
-“यसले पनि फेरि काँचुली फेरेछ ।”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x