साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव आइरहोस !

भोज भतेरको उछिनपाछिन भा छ खान नपाउनेले खान पा छ पिउन नपाउनेले पिउन पा छ त्यसैले, हे भगवान ! चुनाब आइरहोस् ।

Nepal Telecom ad

फेरि गाउँ सहरमा चुनाव आ छ
गाउँटोल झण्डैझण्डाले झकिझकाउ भा छ
पछिपछि लाग्नेले
दिनैपिच्छे मासु भात खान पा छ
तेल नपाउनेले तेल पा छ
रेल नपाउनेले रेल पा छ
जागिर नपाउनेले
चुनाबकै दिनसम्म किन नहोस्
गतिलै जागिर पा छ
त्यसैले, हे भगवान ! चुनाव आइरहोस् ।

बोल्धे दमाई अरुबेला नेतालाई जदौ गर्छ
जब चुनाब आउँछ बोल्धेले
दिनैपिच्छे नेताको जदौ पा छ
दुखीको बेला पनि चुनावमा आउँछ भन्छन्
देख्दा नि मुन्टो बटार्नेहरू
दिनैपिछे घरमै भेट्न आ छ
त्यसैले, हे भगवान ! चुनाव आइरहोस् ।

न बिजुली गा छ
न धारामा पानी नआ छ
आउने कुरा नि आ छ
नआउने कुरा नि आ छ
सिङ्गापुर र स्विजर्ल्याण्ड आ छ
सहरमा रेल र पानी जहाज आ छ
ओछ्यानमै भात टक्राउने आश्वासन आ छ
चुनावको दिनसम्म देश बिकास टन्न भा छ
अभाव निमिट्यान्न भा छ
त्यसैले, हे भगवान ! चुनाव आइरहोस् ।

पार्टीमा एक सुको योगदान नभए नि
सम्धिले चुनाबमा टिकट पा छ
सक्नेले खानसम्म खा छ
आफन्तहरू खुसी हुने बेला आ छ
फर्केर नहेर्ने सन्ते फेरि घेरमै भेट्न आ छ
त्यसैले, हे भगवान ! चुनाव आइरहोस् ।

अरु बेला एता आइज भन्नेले
एता आउनुहोस् न हजुर भन्दै बोला छ
सडकले कालो लिपिस्टिक ला छ
गाउँ सहरमा बिकासको लहर आ छ
भोज भतेरको उछिनपाछिन भा छ
खान नपाउनेले खान पा छ
पिउन नपाउनेले पिउन पा छ
त्यसैले, हे भगवान ! चुनाव आइरहोस् ।

एउटै मान्छे पाँच ठाउँ गा छ
म त तपाईकै मान्छे हुँ भन्दै गफ ला छ
उताको पैसा खाँदै एता भोट ला छ
सुको नहुनेको गोजी पोटिलो भा छ
बैंकमा पैसा छैन तर टैन्कामा पैसा टन्न आ छ
त्यसैले, हे भगवान ! चुनाव आइरहोस् ।

शिक्षा फ्रि मा आ छ
स्वास्थ्य फ्रि मा आ छ
नदेखेको नसुनेको
नहुने नपुग्ने घोषणा भा छ
मान्छे आश्वासनै आश्वासनले अघा छ
त्यसैले, हे भगवान ! चुनाव आइरहोस ।

जे भए पनि जताबाट भए नि बजेट आ छ
रामेले घरमा टिनको छाना ला छ
आमसभाको गतिलै प्रतिस्पर्धा भा छ
आमसभाले पोलेको मकै बिक्री भा छ
जसले जे माग्यो त्यहि पा छ
कसैले शिर कसैले पुच्छर पा छ
त्यसैले, हे भगवान ! चुनाव आइरहोस् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x