साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृश्य-अदृश्य

फर्किन लाग्दा न्याउरी मुसाले सर्पलाई आफ्नो आहारा बनायो । तत्क्षण चिलले झम्ट्यो र न्याउरी मुसालाई पञ्जाले च्यापेर उड्यो । हेर्दाहेदै चिल अदृश्य भयो ।

Nepal Telecom ad

हिजो स्कूलबाट घर फर्कँदा देखेको दृश्यले म हैरानीमा परेँ ।

एक बाँदर आफ्नो मृत र कुहुन लागेको बच्चो टुलुटुलु हेर्दै थियो । त्यसलाई झिँगाले कुटुकुटु खाँदै थियो । झिँगालाई खान भ्यागुतो लम्किँदै थियो । सर्पले भ्यागुतोलाई निल्ने प्रयासमा थियो । न्याउरी मुसो समेत सर्पलाई आहारा बनाउने दाउमा थियो ।

त्यसबेला आकासमा चिल फनफनी घुमिरहेको थियो । ऊ धरतीमा आँखा गाडिरहेको थियो ।

हेर्दाहेर्दै मासु खाएर झिँगो अघायो । उड्न लाग्दा भ्यागुतोले कप्लक्कै पार्यो । तत्कालै भ्यागुतालाई सर्पले सुलुत्तै निल्यो । फर्किन लाग्दा न्याउरी मुसाले सर्पलाई आफ्नो आहारा बनायो । तत्क्षण चिलले झम्ट्यो र न्याउरी मुसालाई पञ्जाले च्यापेर उड्यो । हेर्दाहेदै चिल अदृश्य भयो ।

सिद्धार्थटोल, उदयपुर । हाल- सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x