नन्दलाल आचार्यविचरा ऊ
जानअन्जानमा गलत काममा रातारात सरिक हुने तर असल काममा सहयोगीले भनेको उसले नमान्ने उसले सोचेको सहयोगीले हुन नदिने हुनथाल्यो । सबैको मनमा आजकल ऊ ‘विचरा ऊ’ भएको छ ।

नेपाल देशमा पञ्चायत कालको पालामा कुनै एक शहरमा एकजना युवा नेता वस्दथ्यो । जमानामा शहरमा प्रजातन्त्र ल्याउनका लागि उसले निकै लडेको, भिडेको, जोखिम मोलेको, दुखकष्ट सहेको, जेलनेल भोगेको आदि जस्ता कुराहरू सुन्नमा आउँथ्यो ।
समय परिवर्तन भयो । शासन प्रणाली पनि फेरियो । केही वर्षपछि उसले शहरको नेतृत्व गर्ने अवसर पायो । आफ्नो इच्छा अनुसार भाइ भिजिलान्ते पिछुवा सल्लाहकारहरूलाई शहरमा नोकरी पनि दियो । तर देशकै नेतृत्व गर्ने हैसियत बनाउने गरी काम कारबाही अगाड बढाउन भने सकेन । विकास निर्माणका काम गरी जनमत आफ्नो पक्षमा पार्न सफल हुन पनि सकेन । आफ्नो सकारात्मक प्रभाव छोड्न सकेन । त्यसकारण उसले देशको राजनीतिक नेतृत्व गर्ने अवसर प्राप्त गरेन । सामाजिक, आर्थिक, सांस्कृतिक तथा प्राविधिक नेतृत्व गर्ने उसमा ज्ञान पनि थिएन । क्षमता पनि थिएन । तर अझै आफूलाई एक सशक्त नेतृत्वको रुपमा मानिरहेको थियो ।
देशमा, सहरमा पटक पटक चुनाव भयो उसले नेतृत्व लिने अनेक प्रयास पनि गर्यो तर उसको हैसियतले चुनावमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गरेन । पटक पटकको चुनावमा कहिले फरक त कहिले उस्तै अनुहारका अन्य व्यक्तिहरू सहभागी भए । कहिले विजयी भए त कहिले पराजित भए । तर त्यस नेताको भूमिका सधैं असन्तुष्टि व्यक्त गर्दै आफ्ना दलका साथीहरूप्रति जनमानसमा नकारात्मक भावना सिर्जना गराउने मात्र हुन पुग्यो । आफ्नै दलका साथीहरूप्रति जनमानसमा नकारात्मक भावना सिर्जना गराउँदा गराउँदै मानिसहरूको मनमा ऊ स्वयम्प्रति पनि नकारात्मक भावना सिर्जना हुँदै गयो । तर उसले यो कुरा कहिल्यै बुझ्न सकेन ।
समयले नेटो काट्दै गयो । नेता युवाबाट वृद्ध भयो । उसमा अब असन्तुष्टिका पोकाहरू मात्रै बाँकी रहे । असन्तुष्टिका पोकाहरूको भारले ऊ विव्हल थियो । के ठिक के वेठिक केही छुट्याउन नसक्ने भएको थियो । के गर्ने के नगर्ने भन्ने विषयमा निणर्य गर्न नसक्ने भएको थियो । जानअन्जानमा गलत काममा रातारात सरिक हुने तर असल काममा सहयोगीले भनेको उसले नमान्ने उसले सोचेको सहयोगीले हुन नदिने हुनथाल्यो । सबैको मनमा आजकल ऊ ‘विचरा ऊ’ भएको छ ।
वालिङ- १, त्रियासी, स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest





































