साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै मेरो काठमाडौँ

शरीर भरि टाँका लाउँदो रहेछ, अस्थिपन्जर भए नि नृत्य देखाउँदो रहेछ, ढल र पानी सरोबर पिलाउँदो रहेछ, केहि परे अस्पताल धाउँदो रहेछ, कठै मेरो काठमाडौँ धन्न दिर्घायू भएछ ।

Nepal Telecom ad

आफ्नै मल मूत्रमा सुत्दो रहेछ
ठस ठस गनाउदै दौडमा कुद्दो रहेछ
मिलेसम्म ढाकछोप गर्दो रहेछ
नमिले उदाङ्गो छोड्दो रहेछ
कठै मेरो काठमान्डू कस्तो अन्योलमा रहेछ

फोहोरको डल्लोमा मस्तले निदाउँदो रहेछ
धमिलो मात्र पिलाउँदो रहेछ
ध्वजा ध्वजा मिलाई सिलाउँदो रहेछ
कहिले कहिले मात्र हिलाउँदो रहेछ
कठै मेरो काठमाडौँ किन हो बेसुरे पो भएछ

सकेसम्म रक्षा गर्दो रहेछ
नसके मोक्ष तार्दो रहेछ
कसैलाई धेरै गर्दो रहेछ
कसैलाई थोरै पार्दो रहेछ
कठै मेरो काठमाडौँ सार्है बिचरो भएछ

शरीर भरि टाँका लाउँदो रहेछ
अस्थिपन्जर भए नि नृत्य देखाउँदो रहेछ
ढल र पानी सरोबर पिलाउँदो रहेछ
केहि परे अस्पताल धाउँदो रहेछ
कठै मेरो काठमाडौँ धन्न दिर्घायू भएछ

आँखा छोपेर सबलाई हेर्दो रहेछ
कुरा दस पटक फेर्दो रहेछ
ठूल ठूला धक्कु मार्दो रहेछ
नाङ्गै नाचेर लाजमर्दो पार्दो रहेछ
कठै मेरो काठमाडौँ कस्तो बेशरम पो भएछ

कुम्भकणर् झैँ निदाउँदो रहेछ
कसैले जिस्काए रिसाउँदो रहेछ
घुन मकै एकै ठाउ पिसाउँदो रहेछ
खाने नखाने एकै ठाउँ मिसाउँदो रहेछ
कठै मेरो काठमाडौँ कस्तो कस्तो भएछ
कठै मेरो काठमाडौँ कस्तो कस्तो भएछ ।

झापा, अहिले अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x