दुर्गा ढकालकठै मेरो काठमाडौँ
शरीर भरि टाँका लाउँदो रहेछ, अस्थिपन्जर भए नि नृत्य देखाउँदो रहेछ, ढल र पानी सरोबर पिलाउँदो रहेछ, केहि परे अस्पताल धाउँदो रहेछ, कठै मेरो काठमाडौँ धन्न दिर्घायू भएछ ।

आफ्नै मल मूत्रमा सुत्दो रहेछ
ठस ठस गनाउदै दौडमा कुद्दो रहेछ
मिलेसम्म ढाकछोप गर्दो रहेछ
नमिले उदाङ्गो छोड्दो रहेछ
कठै मेरो काठमान्डू कस्तो अन्योलमा रहेछ
फोहोरको डल्लोमा मस्तले निदाउँदो रहेछ
धमिलो मात्र पिलाउँदो रहेछ
ध्वजा ध्वजा मिलाई सिलाउँदो रहेछ
कहिले कहिले मात्र हिलाउँदो रहेछ
कठै मेरो काठमाडौँ किन हो बेसुरे पो भएछ
सकेसम्म रक्षा गर्दो रहेछ
नसके मोक्ष तार्दो रहेछ
कसैलाई धेरै गर्दो रहेछ
कसैलाई थोरै पार्दो रहेछ
कठै मेरो काठमाडौँ सार्है बिचरो भएछ
शरीर भरि टाँका लाउँदो रहेछ
अस्थिपन्जर भए नि नृत्य देखाउँदो रहेछ
ढल र पानी सरोबर पिलाउँदो रहेछ
केहि परे अस्पताल धाउँदो रहेछ
कठै मेरो काठमाडौँ धन्न दिर्घायू भएछ
आँखा छोपेर सबलाई हेर्दो रहेछ
कुरा दस पटक फेर्दो रहेछ
ठूल ठूला धक्कु मार्दो रहेछ
नाङ्गै नाचेर लाजमर्दो पार्दो रहेछ
कठै मेरो काठमाडौँ कस्तो बेशरम पो भएछ
कुम्भकणर् झैँ निदाउँदो रहेछ
कसैले जिस्काए रिसाउँदो रहेछ
घुन मकै एकै ठाउ पिसाउँदो रहेछ
खाने नखाने एकै ठाउँ मिसाउँदो रहेछ
कठै मेरो काठमाडौँ कस्तो कस्तो भएछ
कठै मेरो काठमाडौँ कस्तो कस्तो भएछ ।
झापा, अहिले अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































