साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुक्लाराम पार्टी

देशको हावा पानी माटो ढुङ्गा बालुवा सुहाउँदो दललाई ढाँटछलका माध्यमबाट भए पनि सबैले सहयोग गरेर घाटसम्म लगेर दाह संस्कार गर्न म गोज्याङ्ग्रे सबैमा दुःखद अनुरोध गर्दछु ।

Nepal Telecom ad

आउनुस् सबैलाई स्वागत छ यो बाह्रै महिना ३ सय ६४ दिन नै सुतिरहने कुम्भकणर्को मित मानिएको गफको भकारी शुक्लाराम पार्टीमा भर्ना खुलेको छ । बेलैमा रावणनीति अवलम्बन गरेर देशलाई विकासमा शेष पारेर निकास दिन केही चपरचण्ड र धुर्तहरू चाहिएको छ । नेपालमा मात्र होइन विश्व समुदायमा नाम लोप भएर गोप्यतामा गाडिइरहेेको खुल्लामा लाजले भुतुक्क हुने प्रवेश गर्न सक्नेछन् । हाम्रो शुक्लाराम पार्टीमा घप्लाराम गर्न जान्ने अरु पार्टीले भनेको नमान्ने आफ्नै सुरतालमा ब्रह्मनालमा पस्न तयार हुनेलाई विशेष प्राथमिकतामा राखेर प्रवेश गराइने छ ।

यो शुक्लाराम पार्टीका बारेमा विशेष कुरा वा अशेष कुरा बुझ्नु परेमा कुरा नबुझ्ने एकले नेताहरूसँग कानेखुसी गर्न सक्नु हुनेछ । तपाईलाई लागेका कुरा पनि त्यहाँ बक्न सक्नु हुनेछ । यो पार्टीको नेताले जनता जनार्दनसँग सम्बन्ध राख्दा पार्टीको गतिविधि अघि बढ्ने भएकोले पछि पार्नकालागि पार्टीको अड्डामै ओछ्र्यान लाएर सुत्न रमाइलो मान्ने भएकोले पार्टीको नाम नै ज्योतिषीले शुक्लाराम राखिदिनु भएको व्यहोरा म सर्वसाधारणलाई जानकारी दिन चाहन्छु । निर्वाचनका समयमा पनि शुन्य सिट ल्याएर अन्तिमको प्रथम स्थान ल्याउन सफल यो पार्टीमा लाग्नेहरू अरु पार्टीको कार्यकताृको उपस्थिति देख्ख्दा अध्यारो मुख लाएर कुलेलम ठोक्न रुचाउँछन् । अरुले बोलाएको कार्यक्रममा शासन ग्रहणको भाषण गरेर मातिन्छन् । अरु दलले एकिकरणको कुरा गर्दा आफैँ दललाइृ व्यक्तिकरण गर्नै प्रयासमा लाग्छन । भुराले पनि नपत्याउने कुरा गर्छन । विश्व राजनीतिमा म मात्रै चोखो देब्रे बोेको, म जतिको राम अरु नभएको, आफूलाई प्रमाणित गर्ने लालमोहर आफैँ लाउन सक्ने हैसियतका शुक्लाराम पार्टीका अध्यक्ष हुन् । गएको स्थानीय निर्वाचनका समयमा सुतेकै भरमा शुन्य स्थान ल्याएर गाउँ र नगरपालिकामा तहल्का मच्चाएको यो शुक्लाराम पार्टी कुम्भकणर् उठेर घुमफिर गरे पनि अघि बढ्दैन ।

नेपालका अनेकौँ नामले चिनिएका तर कुम्भाकणर्ाासनमा उत्तानासन भएर कृयाशिल भएको एकिकरणपछि शुक्लाराम पार्टीका नामले चिनिएको यो दलले पछिको फल गुदी र कोया बिनाको पाउने छ । यतिबेला शुक्लाराम पार्टीमा प्रवेश गर्ने हो भने फाइदै फाइदा छ । कसरी फाइदा छ भननु होला भने संघीय र प्रदेशको चुनाव आउँदैछ । गाउँ पस्न सकिन्न । बरु ओडारतिर वा कुनै मुसाको दुलोमा पसेर वा भनौ भूमिगत भएर आफ्नो कुम्भकणर् सोच र बिचारको धारावाह प्रवचन दिनुस् । त्यो मुसाको दुलोबाट वा ओडारबाट प्रशारण गर्नुस् । तपाईँको दललाई ढाँटछल गरेर भए पनि शुन्य मतान्तरले विजयी गराउन जनता आतुर हुनेछन् । जनता नै तपाईको दललाई जिताउन चतुर भएर लोप्पा खुवाउनेछन् ।

राजनीतिक दलका नाममा सधैँ उत्तानासनको आसनमा जित हात पार्न पल्केको, बिरालोसँग सल्केको, मल्खुतिर ढल्केको हुँदा झ्यासझुस दलसँग मतलब नराख्ने शुक्लाराम दलले जति बल गरे पनि बाटोमा खुट्टा राख्न नसक्ने पकका छ । बाटोमा खुट्टा राख्न नसक्ने भएकोले पनि सधैँ उत्तानासनको आसनमा सबैका अगाडि लम्पसार परेेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु ।

अर्को कुरा शुक्लाराम पार्टी अरु जस्तो काम गरेर ममा खाने पार्टी होइन ठुला ठुला गफ गरेर कामको धित मार्ने पार्टी हो । काममा भन्दा बढी गफमा र फन्टुस कुरामा जमानादेखि विश्वास गर्ने भएकोले विश्वको राजनीतिक इतिहासमा शुन्य मतदाता भएको दल हुन सफल भएको हो ।

समाजमा तिरस्कृत भएर पुरस्कृत हुन सफल यो दल प्रतिफलमा भन्दा असफलतामा विश्वास गर्छ । यो दल कहिले धरापमा पर्छ त, कहिले सरापमा पर्छ, कहिले चेपमा पर्छ, कहिले रापमा त कहिले तापमा पनि पर्छ । संषेपमा यो दलको नाम सुताहा दल भनेर चिनिन्छ । माउ दलबाट बाक्लो दाल छुट्टिएको यो दलले अहिले पातलो दाल खान पनि अर्काको ढोका चाहार्नु पर्ने अवस्था आएको छ । बाक्लो दाल खान नपाउँदा रडाको मच्चाएर पातलो दाल खानबाट पनि बञ्चित बिचरा शुक्लाराम दल कुन दिन वषाृको भलमा परेर सप्तकोशीमा पौडदै बिहारमा हार गुहार माग्न पुग्छ थाहा छैन ।

यस्तो गजबको दल छाडेर नेपाली जनताहरू अन्यत्र मन डुलाउन पुग्नु चाहिँ मलाई ठीक लागेन । सबै कुरामा शुन्य कमाउन सफल र सवल दलको रूपमा उभिन वा ठडिन सक्षम हुँदा पनि नेताहरू भुक्लाराम गर्दै मल्खुतिर ढल्किन छाडेका छैनन् । यी शुक्लारामहरूले उत्तानासाकै अवस्थामा हामीलाई टोक्लाराम नगर्लान भन्न सकिन्न । उनीहरूको जयराम भन्यो भने बाँचिएला नभए टोक्लारामकालागि योजना बनाउँछन । लमतन्नासनबाट उठासनमा आसन ग्रहण गर्न कति वर्ष लाग्ने हो थाहा छैन । नेपाली खानपिनमा अघाएर भारतीय भुकाईमा रमाउने शुक्लाराम पार्टीमा तरुवा खान खाटी बनेकाले यो देशको नाक टोकेका छन् । जनताको गाँस खोसेका छन् । बास र कपासमा अर्घेल्याइँ गरेका छन् । नीति र सिद्धान्तका नाममा व्यक्तिगत बिचार लादेर ‘खाए खा नखाए घिच’ को उखानलाई चरितार्थ पारेका छन् ।

जेल नेल भोगेर, सपना कोरेर, भेष बद्लेर, देश फोरेर शुक्लाराम पार्टी खोलेर पानीमा बालु घोलेर जनताका अगाडि ‘खाए खा नखाए घिच’ भन्न ठाँडो शिर लाउने प्रचलनको विजारोपण गरेका छन् । यमराजको आँखामा नपरेका शुक्लाराम पार्टीका खाँटी नटुवाहरू बटुवासँग आफैँ घटुवा हुने चरित्र देखाउँछन् । भनौ यो पार्टी बटुवाहरूसाग ढँटुवा भएर घटुवामा परेेको छ । घात, प्रतिघात र अन्तर्घातमा घाट पुगने गरी काम गर्न सिपालु यो शुक्लाराम पार्टी जनताको घाटी घाटी आएर अगुल्टोले हानिने दर्जामा पुगेको छ ।

यो शुक्लाराम पार्टीको बारेमा म ज्यादा कुरा के गरौँ । म गोज्याङ्ग्रेले यो सद्देहरूको गन्धे दललाई यहाँभन्दा बढी बलको कुरा गरिरहन उचित नहुने भएकोले शुक्लाराम दलको विजयमा उतानासनको महत्वपूणर् भूमिका हुने भएकोले सधैँ अजयतिर पाइला पछि घचेटिरहोस् भन्दै स्वर्गिय दिनहरूकालागि थप शुभकामना दिन नपर्ने व्यहोरा जगजाहेर गर्न चाहन्छु ।

अन्त्यमा नेपालका राजनीतिक दलहरू मध्ये छोटामोटा बुद्धिका साथमा खुदी खान नपाउने हैसियत राख्ने शुक्लाराम पार्टी नीति सिद्धान्त र कार्य व्यवहारमा कछुवा प्रवृतिमा निकै अगाडि रहेको छ । यस्तो राम्रो देशको हावा पानी माटो ढुङ्गा बालुवा सुहाउँदो दललाई ढाँटछलका माध्यमबाट भए पनि सबैले सहयोग गरेर घाटसम्म लगेर दाह संस्कार गर्न म गोज्याङ्ग्रे सबैमा दुःखद अनुरोध गर्दछु । जय व्यङ्ग्य, जय नेपाली राजनीतिक दल ।

उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x