साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्दिन भन्छौ किन ?

ठेक्कादार अपार माल छ मिठो चुस्की विदेशी रस । नाना झेल गिजोल बाह्र बखडा गर्छौ अरे तामस । यस्ता विघ्न उठाउँदै जगतमा थाल्यौ तिमी उक्लिन । तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

Nepal Telecom ad

पैल्हे प्रेम थियो बसीकन मिठा हुन्थे कुरा दिन्दिन
बारी खेत बजार हाटहरुमा हुन्थ्यौं संगै छिन्छिन
भ्रष्टाचार गर्यौ पुग्यौ शहरमा अन्तै भयौ तल्लीन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

चोरी चट्ट विचारका रसहरु विद्वानको स्वाँगमा
पैरी बेसन रूप त्यो शहरीया फोस्रो फिका ढ्वाँगमा
नेताका दलमा गयौ अघि पछि चोखो बनी सँङ्लिन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

बिर्को ढक्कन बुद्धिको नगदले लायौ कि बाली कतै
भान्साभित्र छिरी अमुक दलको खायौ कि छाली कतै
घस्रेको अझ सम्झना छ अघिका हेर्यौ पुराना दिन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

स्वाट्टसुट्ट छिर्यौ अघिपछि गरि फोटो खिच्यौ सङ्गमा
मौकामा घनघोर साखिलो बनी रङ्गीन् भयौ रङ्गमा
पस्छौ खान लुसुक्क चाकर गरि जान्छौ रे केही लिन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

ठेक्कादार अपार माल छ मिठो चुस्की विदेशी रस
नाना झेल गिजोल बाह्र बखडा गर्छौ अरे तामस
यस्ता विघ्न उठाउँदै जगतमा थाल्यौ तिमी उक्लिन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x