सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चिन्दिन भन्छौ किन ?

ठेक्कादार अपार माल छ मिठो चुस्की विदेशी रस । नाना झेल गिजोल बाह्र बखडा गर्छौ अरे तामस । यस्ता विघ्न उठाउँदै जगतमा थाल्यौ तिमी उक्लिन । तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

Nepal Telecom ad

पैल्हे प्रेम थियो बसीकन मिठा हुन्थे कुरा दिन्दिन
बारी खेत बजार हाटहरुमा हुन्थ्यौं संगै छिन्छिन
भ्रष्टाचार गर्यौ पुग्यौ शहरमा अन्तै भयौ तल्लीन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

चोरी चट्ट विचारका रसहरु विद्वानको स्वाँगमा
पैरी बेसन रूप त्यो शहरीया फोस्रो फिका ढ्वाँगमा
नेताका दलमा गयौ अघि पछि चोखो बनी सँङ्लिन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

बिर्को ढक्कन बुद्धिको नगदले लायौ कि बाली कतै
भान्साभित्र छिरी अमुक दलको खायौ कि छाली कतै
घस्रेको अझ सम्झना छ अघिका हेर्यौ पुराना दिन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

स्वाट्टसुट्ट छिर्यौ अघिपछि गरि फोटो खिच्यौ सङ्गमा
मौकामा घनघोर साखिलो बनी रङ्गीन् भयौ रङ्गमा
पस्छौ खान लुसुक्क चाकर गरि जान्छौ रे केही लिन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

ठेक्कादार अपार माल छ मिठो चुस्की विदेशी रस
नाना झेल गिजोल बाह्र बखडा गर्छौ अरे तामस
यस्ता विघ्न उठाउँदै जगतमा थाल्यौ तिमी उक्लिन
तिम्रो होस गुम्यो कि आज अथवा चिन्दिन भन्छौ किन ?

गौरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली