साइबर अपराध सम्बन्धी सचेतना सामग्री

र्‍याङठ्याङ नमिलेर

होसियारीकासाथ, दायाँबायाँ, तलमाथि हेरेर, ढङ्ग पुर्‍याएर, र्‍याङठ्याङ मिलाएर, मेहनतकासाथ, भागवालालाई भाग लगाएर यी पदके महाशयले आफ्नो घूसकर्म अगाडि बढाउने छन् भन्ने कुरामा म विस्वस्त छु ।

Nepal Telecom ad

स्वर्ण पदक विजेता घूस सहित पक्राउ भन्ने समाचार सुनेदेखि म सोचमग्न भएको छु । सोचमग्न के कुरामा भने त्यत्रो सुनको तक्मा जित्नेले त्यति जाबो रकम किन खाए होला ? किन त्यति तुच्चमा थुतुनु गाडे होला ? जे गरेका भए पनि तिनले आफ्नो पदकको जात फाले । बल्लतल्ल तृतीय श्रेणीमा पास भएकाहरू करोडौँको आलमा र्‍याईर्‍याई खेली बसेका छन्, यी पदके महाशय त्यो भन्दा सानो आलमा नै डुबे । अझ, कलेज फेल, एसएलसी फेलहरूले त भ्रष्टाचारको झ्यामोलोङ्मा नै उक्लिसके । यी मनुवा, कि कच्चा परे, कि सिकारु परे । यी अझै आधार शिविरको झाडीतिरै अल्झेका छन् ।

त्यसैले, झारपाततिर अल्झेका यिनको सुनको तक्मामाथि मलाई सन्देह छ, शङ्का छ । कहिँ यिनले नक्कल गरेर, चोरेर, प्रश्नपत्र किनेर, भनसुन गरेर त पदक हात पारेका हैनन् ? पढ्दै नपढेर त जाँचमा अब्बल अङ्क ल्याएका हैनन् ? मलाई यिनको दिक्षाप्रति आशङ्का छ । नत्र, पढाइमा अगाडि अनि घूसमा पछाडि कसरी परे त ? जेहनदार र दिमागदार मान्छे कसरी पिछडिए त ? ठूलो प्रश्नचिह्न तेर्सिएको छ ।

मैले नबुझेको अर्को कुरा के पनि हो भने, त्यति जाबो केही बीस लाख रुपियाँ खान किन तलमाथि तालमेल मिलाउन नसकेका होलान्, ढङ्ग पुर्‍याउन नसकेका होलान् ? कि बढी बाठो भएर एक्लै चप्काउन खोजेका हुन् ? जे काम गर्दा पनि भगवानको भाग वा भगवानलाई भोग लगाउनु पर्छ भन्ने सामान्य ज्ञान समेत थिएन यिनमा ? अथवा, यिनका आचार्य, प्राचार्यहरूले यति ज्ञान पनि दिएर नपठाएको हो ? कि आचार्यहरूले अहिलेका चेलाहरूले गुरु दक्षिणा वा गुरु भाग चढाउँदैन भनेर उक्त ज्ञान नसिकाएका पो हुन् कि ?

खासमा म यी पदके महोदयको शिक्षामा नै खोट देख्छु । विश्व विद्यालयले कम्तीमा यस्ता होनहार चेलालाई घूस कर्मकाण्डबारे प्रचुर ज्ञान दिएर पठाएको भए आज यिनको पदक र पढेको संस्थालाई जसरी जनताले उछाले, त्यो देख्न पर्दैन थियो । उक्त कर्मकाण्ड ज्ञान यिनले कलेजमा नै पाएका भए यिनको घूसकर्म हैन, सफलता, प्रगति र उन्नति मात्र देखिन्थ्यो । अनि, यिनी पढेको कलेजले यिनको ‘सिभि’ भजाएर आफ्नो कलेजको विज्ञापन गर्न पाउँथे । तिनीहरूलाई घाटा लाग्यो ।

मेरा केही साथीहरू स्वणर् पदक विजेताले घूस खायो भनेर उफ्रिराखेका छन् । अरूले खान हुने घूस यिनले किन खान नहुने ? पदकेले खान मिल्दैन भनेर कुन शास्त्रमा लेखेको छ, कुन पुराण वा उपनिषद् वा वेदमा लेखेको छ ? चाणक्यको पञ्चतन्त्रमा वा जातक कथामा लेखिएको छ कि ईपसको ग्रीक कथामा ? कहाँ छ ? यत्तिकै सामाजिक सञ्जालमा जाल थाप्ने ?

म त भन्छु, घूस कर्मकाण्डको एउटा सरकारी प्रणाली लागू हुनुपर्छ । जसले जति चाह्यो हसुर्ने, मनमानी गर्न पाउने प्रथा हटाउनु पर्छ । वास्तवमा पढाइको स्तर (र्‍याङ्क) अनुसार घूस खान मिल्ने व्यवस्था हुनुपर्छ, पढाइको श्रेणी अनुसार घूसको मात्रा मिलाउनु पर्छ । लोकसेवाको जाँचमा बस्न स्नातक हुनुपर्छ भन्ने न्यूनतम योग्यता हुनसक्छ भने जस्तै घूस खाने योग्यताको पनि स्तर निर्धारण हुनपर्छ । यस क्षेत्रमा पढेलेखेकाको पहुँच बढी हुनुपर्छ, समावेसी सिद्धान्त लागू हुनुपर्दछ । अनि, बल्ल पढेलेखेकालाई न्याय मिल्छ, नत्र निम्न श्रेणीकाको मात्र रजाइँ चल्छ, जुन न्याय सङ्गत हैन ।

जे हुनु थियो भैसक्यो, अब उपरान्त यो भूललाई नभुलेर, यो भूलबाट सिक्दै भविष्यमा कि घूस खाँदै नखानु, नखाएको बेस । बरा, खाएपछि होसियारीकासाथ, दायाँबायाँ, तलमाथि हेरेर, ढङ्ग पुर्‍याएर, र्‍याङठ्याङ मिलाएर, मेहनतकासाथ, भागवालालाई भाग लगाएर यी पदके महाशयले आफ्नो घूसकर्म अगाडि बढाउने छन् भन्ने कुरामा म विस्वस्त छु । साथै, स्वर्ण पदक विजेतालाई गल्तीबाट सिक्न धेरै समय नलाग्ला भनेर मैले भनिराख्नु पर्दैन होला, मखुला पासा ?

अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x