सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन दिन बाहिर खान जाने

श्रीमतीजी रिसाएपछि घरको खाना पनि बन्द भएर लामै उपवास पो होला जस्तो भयो । अब मोरक्कन रेस्टुराँ नगएर भयो ? गाह्रो छ नि, मखुला पासा ?

Nepal Telecom ad

म : अब हामी हप्ताको तीन दिन बाहिर खान जाने ।

श्रीमतीजी : के आश्चर्य यो ! किन ? प्रमोसन भयो कि के हो बुढा ? कि, तलब बढ्यो ?

म : यो अवकाशतिर लागेको उमेरमा के को प्रमोसन हुनु ।

श्रीमतीजी : अनि, लाइफ स्टाइलमा चाहीँ के को प्रमोसन नि त ?

म : के हुनु ? तिमीलाई कति भान्छा चुल्हो गर्न लगाउँ भनेर ।

श्रीमतीजी : भाँडा माझ्न झ्याउ लाग्यो कि के हो ?

म : हैन, बाहिर खान गयो भने यसो स्वाद पनि फेरिन्छ । बाहिरको स्वाद अर्कै हुन्छ नि !

श्रीमतीजी : त्यो त हो । बाहिर घुम्दा जीउ पनि हल्का हुन्छ । बुढाबुढीमात्र धुमुधुमती कति घरमा बस्नु ? बल्ल बुढाको घैँटोमा घाम लागेछ । तीन दिन त जाने, कहाँ कहाँ जाने ? म त राम्रो रेस्टुराँ मात्र जाने हो, पहिल्यै भन्देको छु ।

म : एकदम राम्रो ठाउँ लग्छु । एकदिन उत्तर भारतीय खाना खान लक्ष्मी नारायण मन्दिर, अर्को दिन दक्षिण भारतीय खान सिद्धि विनायक मन्दिर र अर्कोदिन पंजाबी खाना खान साक्रमेन्टो गुरुद्वारा लग्छु ।

(उक्त मन्दिरहरूमा राम्रो भोजनको व्यवस्था हुन्छ । त्यसमा पनि गुरुद्वाराको भोजन विशेष मीठो हुन्छ ।)

श्रीमतीजी : के रे ? … … … …

श्रीमतीजी रिसाएपछि घरको खाना पनि बन्द भएर लामै उपवास पो होला जस्तो भयो । अब मोरक्कन रेस्टुराँ नगएर भयो ? गाह्रो छ नि, मखुला पासा ?

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
अब त सर्दिन…

अब त सर्दिन…

प्रमोद अमात्य
गँजेडी गफ

गँजेडी गफ

प्रमोद अमात्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी