साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन दिन बाहिर खान जाने

श्रीमतीजी रिसाएपछि घरको खाना पनि बन्द भएर लामै उपवास पो होला जस्तो भयो । अब मोरक्कन रेस्टुराँ नगएर भयो ? गाह्रो छ नि, मखुला पासा ?

Nepal Telecom ad

म : अब हामी हप्ताको तीन दिन बाहिर खान जाने ।

श्रीमतीजी : के आश्चर्य यो ! किन ? प्रमोसन भयो कि के हो बुढा ? कि, तलब बढ्यो ?

म : यो अवकाशतिर लागेको उमेरमा के को प्रमोसन हुनु ।

श्रीमतीजी : अनि, लाइफ स्टाइलमा चाहीँ के को प्रमोसन नि त ?

म : के हुनु ? तिमीलाई कति भान्छा चुल्हो गर्न लगाउँ भनेर ।

श्रीमतीजी : भाँडा माझ्न झ्याउ लाग्यो कि के हो ?

म : हैन, बाहिर खान गयो भने यसो स्वाद पनि फेरिन्छ । बाहिरको स्वाद अर्कै हुन्छ नि !

श्रीमतीजी : त्यो त हो । बाहिर घुम्दा जीउ पनि हल्का हुन्छ । बुढाबुढीमात्र धुमुधुमती कति घरमा बस्नु ? बल्ल बुढाको घैँटोमा घाम लागेछ । तीन दिन त जाने, कहाँ कहाँ जाने ? म त राम्रो रेस्टुराँ मात्र जाने हो, पहिल्यै भन्देको छु ।

म : एकदम राम्रो ठाउँ लग्छु । एकदिन उत्तर भारतीय खाना खान लक्ष्मी नारायण मन्दिर, अर्को दिन दक्षिण भारतीय खान सिद्धि विनायक मन्दिर र अर्कोदिन पंजाबी खाना खान साक्रमेन्टो गुरुद्वारा लग्छु ।

(उक्त मन्दिरहरूमा राम्रो भोजनको व्यवस्था हुन्छ । त्यसमा पनि गुरुद्वाराको भोजन विशेष मीठो हुन्छ ।)

श्रीमतीजी : के रे ? … … … …

श्रीमतीजी रिसाएपछि घरको खाना पनि बन्द भएर लामै उपवास पो होला जस्तो भयो । अब मोरक्कन रेस्टुराँ नगएर भयो ? गाह्रो छ नि, मखुला पासा ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x