सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अब त सर्दिन…

यताका पनि सर भन्छन्, नेपालकाहरू पनि सर भन्छन्, फेसबुकमा पनि सर भन्छन्, मसेन्जरमा पनि सर भन्छन् । भेट हुँदा पनि सर भन्छन् । पहिले पहिले बसमा बस्दा पनि सर भन्थे, रेलमा चढ्यो हिन्दीमा सर भन्थे ।

Nepal Telecom ad

प्रमोद अमात्य

‘अमात्य सर’
‘प्रमोद सर’
तपाईं सर भन्नु हुन्छ, वहाँ सर भन्नु हुन्छ ।

भन्नुस् त अब कता सरौँ ? नेपालबाट केही समय जर्मनी, अनि त्यहाँबाट पनि सर्दा सर्दा अमेरिका सरिसकेँ, अब कता सरौँ ? अमेरिकाको डिसी एरिया, भर्जिनिया बसेँ सर सर भने, क्यालिफोर्निया सरेँ ।

यताका पनि सर भन्छन्, नेपालकाहरू पनि सर भन्छन्, फेसबुकमा पनि सर भन्छन्, मसेन्जरमा पनि सर भन्छन् । भेट हुँदा पनि सर भन्छन् । पहिले पहिले बसमा बस्दा पनि सर भन्थे, रेलमा चढ्यो हिन्दीमा सर भन्थे । अब यताउता सर्ने मन छैन, रहर छैन । अब नगर्ने सर्ने काम, त्यसैले कसैले पनि मलाई सर, सर नभनौँ है साथी हो !

भन्नैपरे, सर हैन, जी थपेर प्रमोदजी, अमात्यजी वा प्रमोद मात्र भने पनि मनग्ये पुग्छ । अनि, प्रमोद मामा, प्रमोद काका, प्रमोद बा अथवा ठूल्बा भन्दा पनि भो । नत्र दाई भन्दा पनि भो, भाइ भन्दा पनि भो- प्रमोद दाइ, प्रमोद भाइ । साथी भन्दा हुन्छ, मित्र पनि मीठो सुनिन्छ, बन्धु पनि त बढिया हुन्छ ।

पासा त झन् खास्सा हुन्छ । तर, तर, बाजे, हजूर र हजूरबुबा भन्न भन्दा पहिले चैं राम्ररी सोच्नुहोला । नत्र, नत्र बरु ‘सर’ नै भन्नुस्, यताउता कतै मिलाएर सरौँला, केही नलागे ! मखुला पासा ?

०००
अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
तीन दिन बाहिर खान जाने

तीन दिन बाहिर खान...

प्रमोद अमात्य
गँजेडी गफ

गँजेडी गफ

प्रमोद अमात्य
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’