साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्सरे

बिगारेर लुटी खाने बानी दुरुस्त बाँदर, नखाने चिज क्यै छैन निल्छ प्रमाण कागज, पार्ला बित्यास जस्तो छ यसले लौ न डाक्टर, के के छ पेटमा हेर्न भिडियो एक्सरे गर ।

Nepal Telecom ad

रुद्र ज्ञवाली

बेचिस् खोला नदी नाला ढुङ्गा माटो र जङ्गल
रोगीको औषधी खाइस्, खाइस् किसानको मल
उद्योग कारखाना हुन् वपौती घरकै भनी
खाइस् बेचेर ए ! घाती बाँकी रहेन क्यै पनि

ठेक्का पेश्की र भुक्तानी गर्दा चाहिन्छ दस्तुर
बाँकी क्यै राखिनस् खाइस् राष्ट्रद्रोही तँ सत्तुर
पासपोर्ट भिसा बेचिस् बेचिस् इज्जत आबरू
र नागरिकता बेचिस् बेच्न बाँकी छ के अरू

बेचिस् चण्डाल छोडिनस् भनिनस् बहिनी दिदी
आमाको ममता बेचिस्, बेचिस् छोरी र श्रीमती
जता जता बल्यो आगो त्यतै रोटी तँ सेक्दछस्
पाए बिचौलिया आफ्नै लगौंटी पनि बेच्दछस्

चोर्छस् बजेट कैले र करका दर फेर्दछस्
मिलेर माफियासँग अर्थतन्त्र हसुर्दछस्
बेच्थिस् आकाशका तारा जून बिक्री हुने भए
अन्तरिक्ष पनि बेच्थिस् हुन्थ्यो शक्ति बुता भने

पातकी ए कुलाङ्गार यस्तो विद्या कहाँ सिकिस्
छोडिनस् पुल या बाटो अलकत्रा पनि घिचिस्
गुरूमन्त्र कहाँ पाइस् जे गर्न पनि तम्सिने
नागरिकहरूलाई शरणार्थी बनाउने

तेरो कर्तुतले गर्दा झुक्दैछ देशको शिर
तेरो कुकर्म देखेर दुनियाँ आज छक्क छ
रछ्यान ढल या चर्पी देख्नै हुन्न कहीँ कतै
नमानी घिन च्वाँचेझैंँ गाड्दछस् थुतुनो त्यतै

बिगारेर लुटी खाने बानी दुरुस्त बाँदर
नखाने चिज क्यै छैन निल्छ प्रमाण कागज
पार्ला बित्यास जस्तो छ यसले लौ न डाक्टर
के के छ पेटमा हेर्न भिडियो एक्सरे गर ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x