साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकेटमार

घिउ कहाँ पोखियो भागमा... भनेर मामा घरको हजुरआमाले भनेको कुराको अर्थ त बाको पाकेट मारेपछि पो बुझियो ।”

Nepal Telecom ad

अन्जु शर्मा

“हैन; सबै मान्छे भलाद्मी नै जस्ता थिए, हरायो कसरी ?? आ !!! नचाहिने कुरा सदनमा हैन होला, सडकमै हरायो होला !! सडकमा पनि ठोकुवा गर्ने अवस्था छैन । सुरक्षा गार्डको घेराबाट एकमिनेट फुर्सत पाएको हैन !!” मुखिया बा मनमनै कुरा खेलाउदै घरिघरि यताउता गर्दै गोजी छाम्छन् । उनका ओठ, मुख र तालु सुकिसकेका छन् ।

“ए बा ! के खोज्नु भा हो, एकदमै तनावग्रस्त देखिनुहुन्छ ?”
“तँ चुप लाग, झन बढी तनाव थप्छ । खुरूक्क आफ्नो कामतिर जा ।” झन आत्तिँदै खोज्छन् ।

“तनाव त शेयर गरे पो कम हुन्छ । गुम्स्याएर राखे झन बढ्छ, कुरा बुझ्नु छैन ।” छोरा जबाफ दिन्छ ।
दायाँबायाँ पल्याकपुलुक हेरेर मुखिया बा- “कसैलाई नभन्नु नि । अस्ति बिदेश गएको बेला केही भेडाहरू बेचेको पैसाले कोहिनुर किनेर ल्याको थिएँ । घरको सेफ पनि उति साह्रो गतिलो नभएको कारण गोजीमा बोकेर हिँडेको थिएँ । आज गोजीमा हात लगाएको छैन ।”

“ए बा ! पाकेट मारेछन् ।”
“कसरी पाकेट मार्छन् । म पूणर् रूपमा सुरक्षा निकायको घेरामा छु ।”
“यस्ता जाबो कुरा नगरे हुन्छ बा ! तेत्तिस किलो सुन, ललिता निवास, वाइडवडी अनि खै के के जाती हो सबै त पाकेट मारे भन्छन् । त्यो जाबो कोहिनुर !!”

“गोजीमा बोकेको भनेर हुन्छ, अति बहुमुल्य हो । एकपटक सिसी क्यामरा चेक गर्नुपर्ला जस्तो छ ।”
“केही पार लाग्दैन बा ! चेक नगरे हुन्छ ।”
“हैन सबै कुरा जाने जस्तो पो गर्छस् ?”
“छोरा कसको नि ? त्यसमा पनि ५० प्रतिसत त आमाको गुण सरेकै होला । सिसी क्यामरा निकालेर पाकेट मारेको शंका मलाई सय प्रतिशत लाग्या छ बा । घिउ कहाँ पोखियो भागमा… भनेर मामा घरको हजुरआमाले भनेको कुराको अर्थ त बाको पाकेट मारेपछि पो बुझियो ।”

छोरा मुस्कुराउँदै आफ्नो कोठातिर छिर्छ । बा नजबाफ टाउकोमा हात राखेर थुचुक्क बस्छन् ।

०००
रातोपुल, काठमाडाैं
२०८० जेठ ३ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x