साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली फुड

“तिमीहरूकोमा पो समुद्र छ र समुद्रमा मारेका माछा सी फूड भयो त, हामीहरू त होलीमा मार्छौं अनि होलीमा मारेपछी होली फूड भएन त ?”- मैले ठट्टामा कुरो टुङ्ग्याएँ ।

Nepal Telecom ad

मेरो अमेरिकन साथी गेरी सेफर्ड पाहुना आएकोले आजको खानामा के के बनाउने भनेर चर्चा हुँदै थियो बिहानको चिया समयमा । त्यसैबेला मेरो छोराले प्रस्ताव राख्यो- “बाबा, मासु ल्याए हुँदैन ?”

मैले बोल्नु अगावै आमा चैंले बिरोध गरि हालिन्- “हुँदैन बाबु हुँदैन । यो साउन महिना भरी त हुँदै-हुँदैन ।”

“माछा !” -छोराले विकल्पमा पुनः प्रस्ताव ल्यायो ।

“त्यो पनि हुँदैन”-आमा चैंले पुनः अस्वीकृति जनाइन् ।

आमा चैं को अस्वीकृति देखेर छक्क परेको गेरीले मतिर फर्किएर सोध्यो-“मिस्टर ड्याहल माछा त नन् भेजमा पर्दैन नि, सी फुड अन्तर्गत पो पर्छ त होइन र ? अनि बाबुलाई माछा ल्याउन किन रोक्ने ?”

“के को सी फुड हुनु नि, हाम्रा लागी त होली फुड हो” -मैले वार्तालापको बाटो मोडिदिएँ ।

मेरो कुरा नबुझेर उ वाल्ल पर्‍यो केही बेर र अनुहार उज्यालो बनाउँदै सोध्यो- “हुँ कक, तिमीहरू पनि खृस्टियान भएका हौ र म्यान ?”

उसको यश प्रश्नले म भित्रको ब्राह्मणत्व जुरुक्क उठ्यो र मेरो दिमागमा घच्घच्याउँदै भन्यो-
”सुगुरको मासु खानेलाई नखानेले घृणा गर्छ्न् र सुँगुरको मासु खाने भन्दै होच्याउन पछि पर्दैनन् । तर सुगुर मन पर्नेलाई सुँगुर खानुमा गर्व छ ।”

“कुकुरको मासु खानेलाई नखानेहरूले उसै गर्छन् तर कुकुरको मासु खानेले कुकुरको मासु खानु मै गर्व गर्छन् र “एकातिर कुकुरको मासुको सुप र अर्कोतिर कोकाकोला राखिदिन्छौं, मान्छेले सुप चैं मन पराउने छ्न् कोकाकोला भन्दा भनेर स-गर्व घोषणा गर्छन् ।”

सर्प खानेको,बिच्छी खानेका उस्तै तर्क हुन सक्छन् भनें तैंले किन मन खुम्च्याउने ?“-मेरो मनले तर्क झिक्यो ।

मनले मनसँग विवाद गर्‍यो- “हो त, मान्छेले चलाएको चलन भनेको आफूले चालाएको चलन माथि गर्व गरेर आफूलाई ठूलो देखाउनु र अर्कोलाई होच्याउनु त रहेछ नि । सुँगुर खानेले सुँगुर खानुमा गर्व गर्न हुन्छ, कुकुर खानेले कुकुर खानुमा गर्व गर्न हुन्छ, गोरु खानेले गोरु, भैंसी खानेले भैंसी खानमा गर्व गर्न हुन्छ भनें मैले चैं ब्राह्मण हुनुमा गर्व गर्न किन नहुने ?”

अनि मैले लगाई राखेको जनै देखाउँदै गर्वकासाथ भनें- “के को कृश्चियन हुनु ? हिन्दु-हिन्दु त्यो पनि ब्राह्मण ।”

मेरो कुरा सुनेर उसले चार चित् खायो र फेरि जिज्ञासा राख्यो-“उसो भए माछा कसरी होली फूड भयो त म्यान ?”

“तिमीहरूकोमा पो समुद्र छ र समुद्रमा मारेका माछा सी फूड भयो त, हामीहरू त होलीमा मार्छौं अनि होलीमा मारेपछी होली फूड भएन त ?”- मैले ठट्टामा कुरो टुङ्ग्याएँ ।

(होली= घोल, खोल्सो, स-साना आहाल/डोबिल्का ।)

०००
गौरादह-७, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x