साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोबर कविता

लौ भन्नुहोस्, गोबरहरूका गोबरगणेश मतदाताहरू ! यो भन्दा बढी यिनीहरूलाई भन्ने कुनै ठाउँ छ ? गोबरहरूलाई गुइँठा बनाएर आगो ताप्ने दिन चाहिँ कहिले आउँछ ?

Nepal Telecom ad

वर्षौवर्षदेखि हामीले बाटो हेर्‍यौं,
सफा गर्नुहोला देशको फोहोर भनेर
पालैपालो नेता पनि फेर्‍यौं
फेर्नुहोला देशको अनुहार भनेर
फेर्नुभएन देश,
बरु आफ्नै सत्र पुस्ताको जिन्दगी फेर्नुभयो
फिर्नुभएन हामीतिर,
बरु सधैं परचक्रीहरूका पाउमा गिर्नुभयो
हाम्रो भरोसा, हाम्रो समय सत्यानाश भएछ
वास्तवमा उहाँहरू त गोबरका रास हुनुहुँदो रहेछ
भित्र गोबर, बाहिर गोबर
सर्वाङ्ग गोबर
गोबरको थुप्रो, गोबरको शालिक
हामीले वर्षौंदेखि गोबरहरूलाई नमस्कार गरेछौँ
गोबरका थासहरूमा मलजल भरेछौं ।

ल हेर्नोस्,
गोबरका शालिकहरू सिंहदरबारको आँगनमै गोबर गर्दैहुनुहुन्छ
पालैपालो भुँडीमा गोबर भर्दैहुनुहुन्छ
उहाँहरूले नगोब्र्‍याएको कुनै ठाउँ भेट्नुहुन्न तपाईँले
उहाँहरूले दुर्गन्ध नफैलाएको कुनै गाउँ देख्नुहुन्न तपाईँले
सरकार, अदालत र मन्त्रालयमा गोबर
संसद, कार्यालय र देवालयमा गोबर
आँगन, सिकुवा र पिँडीमा गोबर
बार्दली, बुइँगल र सिँडीमा गोबर
भान्सा, बैठक र पूजाकोठामा गोबर
ओछ्यान, गलैंचा र चोटामा गोबर
उहाँहरूलाई लाज लाग्दैन यसरी गोब्र्‍याउँदै हिँड्न
किनभने उहाँहरूले अनुहारमा
मखुण्डोमाथि मखुण्डो भिर्नुभएको छ
गोबरकै नालामा, गोबरकै ढलमा छिर्नुभएको छ ।

प्रष्टै छ, उहाँहरू गोबरप्रिय हुनुहुन्छ
गोबर खेल्न र खेलाउन सक्रिय हुनुहुन्छ
आफ्ना प्रियपात्रहरूलाई गोबर गराउनु उहाँहरूको सोख हो
गोबर उहाँहरूको तिर्खा हो, उहाँहरूको भोक हो
उहाँहरू कसैका काँधमा बसेर छोरीहरूले गोबर गर्छन्
कसैका टाउकामा चढेर छोराहरूले गोबर गर्छन्
कसैैका पिठ्यूँमा अडिएर ज्वाइँ, बुहारी वा सम्धीहरूले गोबर गर्छन्
कसैका काँधमा थेचिएर चम्चे र हुक्केहरूले गोबर गर्छन् ।

आफन्तहरूले गरेको गोबर उहाँहरूलाई गनाउँदैन,
गोबरहरूलाई गोबर गनाउने कुरै भएन, बरु वास आउँछ
उहाँहरूलाई घिन लाग्दैन आफ्नाहरूको गोबर,
बरु खास लाग्छ ।

उहाँहरूको टाउकोमा गोबर बसेको छ
निधारमा गोबरकै टिको घसेको छ
आँखा गोबरले छोपिएको छ
कान र नाकमा पनि गोबर नै कोचिएको छ
उहाँहरूको वाद र सिद्धान्त गोबरमा बगेको छ
शरम र नैतिकता गोबरले नै लगेको छ
उहाँहरू गोबरकै पोखरीमा पौडिनुहुन्छ
दिनरात गोबरकै पछि पछि दौडिनुहुन्छ ।

गोबरहरू गोबरलाई ‘तँ प्रतिगामी गोबर’ भनेर झपार्नुहुन्छ
गोबरहरू गोबरलाई ‘तँ अधोगामी गोबर’ भनेर हपार्नु हुन्छ
कुनै खैंराते गोबर, कुनै काला गोबर
कुनै सुकेका गोबर, कुनै आला गोबर
झट्ट हेर्दा गोबरहरूको रङ्ग फरक, तर गन्ध उस्तै
जात फरक, तर कुहिने ढङ्ग उस्तै ।

उहाँहरू देशका मात्रै होइन
विदेशका गोबरपार्टीमा पनि हाजिर जनाउनुहुन्छ
उता गएर पनि उसैगरी गनाउनुहुन्छ
होटल होस् कि एम्बेसी
बेइजिङ होस् कि दिल्ली
गोबरपार्टीको निम्ता आउनासाथ टाउकाले टेकेर जानुहुन्छ
तपाईँले सोध्नै परेन, उहाँहरूले त्यहाँ गएर के खानुहुन्छ !

लौ हेर्नुहोस् रमिता !
गोबरहरू राष्ट्रिय झण्डा हल्लाउँदै सभामा आउनुहुन्छ
गोबरहरु प्रमुख अतिथि बनेर मन्चमा खुट्टा हल्लाउनुहुन्छ
गोबरहरू टाउकै छोपिने गरी मालामा छिर्नुहुन्छ
गोबरहरू नाकको टुटी नै टालिने गरी खादा भिर्नुहुन्छ
घुम्ने मेचमाथि गोबरहरू नै घुम्नुहुन्छ
गोबरले मातेर गोबरहरू कुर्सीमै झुम्नुहुन्छ
गोबरहरू आफ्नै प्रशंसामा अभिनन्दन ग्रन्थ लेखाउनुहुन्छ
चोक चौबाटोमा नाङ्गै भुतुङ्गै नौटंकी देखाउनुहुन्छ
हामी गोबरगणेशहरूलाई पटकपटक जालमा फसाउनुहुन्छ
गोबरहरू सिंहदरबारका भित्तामा तस्वीर टँसाउनुहुन्छ
गोबरहरू पिर्कामाथि थास लागेर सलामी खानुहुन्छ
गोबरहरू आफ्नै सिद्धान्त र आचरणको मलामी जानुहुन्छ ।

लौ भन्नुहोस्, गोबरहरूका गोबरगणेश मतदाताहरू !
यो भन्दा बढी यिनीहरूलाई भन्ने कुनै ठाउँ छ ?
गोबरहरूलाई गुइँठा बनाएर आगो ताप्ने दिन चाहिँ कहिले आउँछ ?
०००
सितलपाखा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x