साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

दुख कष्ट नगर्नुस् कलाकारहरूले हसाउन यो गाइजात्रामा दुनियाँ हसाउन यो सरकारका दुईथान पुरोहित काफी छन् ।

Nepal Telecom ad

१.
चश्मा बन्न नसके पनि आँखामा बिझाउने कण नबनुँ
राम बन्नु छँदै छैन विभीषण इतिहासको रावण नबनुँ
कसैलाई केही दिन नसकुला तर मागिरहेछु केही कुरा
यत्ति शक्ति दिनु विधाता कसैको दुखको कारण नबनुँ ।

२.
धर्ती र आकाशको हैसियत या औकात मिल्दैन
जति तर्किउँ विगतबाट उन्मुक्ति निजात मिल्दैन
परीक्षण गर्छु जब वहीखाता आफ्नै अनुभूतिको
घाटैघाटा देखिन्छ जिन्दगीको वासलात मिल्दैन ।

३.
फूल फक्रिए पनि दुख्छ वैलाएर खसे पनि दुख्छ
नबोल्दा पनि दुख्छ बचनका छुरा धसे पनि दुख्छ
दुख्न कहाँ छोड्छ र मन दुखेपछि त दुख्यो दुख्यो
भीडमा पसे पनि दुख्छ एकान्तमा बसे पनि दुख्छ ।

४.
किम-ट्रम्पका सल्लाहकार छन् आबेका मीत काफी छन्
सिंहदरबार नचाउन एमसिसिका गीत सङ्गीत काफी छन्
दुख कष्ट नगर्नुस् कलाकारहरूले हसाउन यो गाइजात्रामा
दुनियाँ हसाउन यो सरकारका दुईथान पुरोहित काफी छन् ।

५.
हुनु नहुनु यही देशमा हुन्छ कम्तिमा आधारात घर्किएपछि
भान्साको जुठो चाटचुट पारेर बिरालो बासमा फर्किएपछि
मन्त्र निर्वाणका जप्दैछ अचेल रातो मुखुण्डोमा धुर्त स्याल
पुरोहित बनेका फ्याउराहरूले गङ्गाजल र गहुँत छर्किएपछि ।

०००

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x