साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाइजात्रे पुराण

पत्नीको मनमा खोके काकालाई घाट पुर्याएर आएको भन्ने रहेछ । मेरो मनमा पाँच वर्षको व्रतको सद्गती गरेर फर्केको सम्झना भयो । जता भए पनि र जसरी सम्झे पनि साँच्चै म त मलामी पो गएर आएको रहेछु ।

Nepal Telecom ad

जीवनका अन्य व्रत जेजति टुटाए पनि टुटाउनुस् । म सलाम गर्दे भन्छु- कृपया यो पाँच वर्षे व्रत चाहिँ बन्दै नटुटाउनुस् । किनभने पाँच वर्षे व्रत तोड्ने भुलले पाँच सय वर्ष नरकमा जाकिनुपर्छ ।

मेरो भुल तपाईँको सूल बनोस् । यही कामनाका साथ मेरो खाइजात्रे पुराण सुरुआत गर्ने अनुमति चाहन्छु-
“आउनुस्, आउनुस् । भाग लिनुस् । जीवनको मौका लुट्नुस् । चाम्रो पेट बेस्कन उकाल्नुस् ।”
सडकसडकमा माइकिङ भएको थियो ।

त्यो दिन मेरो व्रतको दिन थियो । खान बोलाउँदा मुख रसाउँदै थियो । म भने मनलाई थुम्थुम्याएर बसाउनै व्यस्त थिएँ ।

“लौ आउनुस्; नेताजीको दोहोरो उत्सवमा सहभागी बन्नुस् । आजैका दिन नेताको जन्मदिन; आजै सांसदको टिकट पाएको दिन । उड्नेदेखि गुडाएर ल्याउनेसम्मका पशुपंछीको मासु ठोसीठोसी कोच्नुस् । आजैदेखि चुनावको दिनसम्म स्वादमाथि स्वाद फेर्दै जानुस् ।”

यस्तो माइकिङले मेरो मन नै अपहरण गर्यो । पशुपंछीको मासु भनेपछि चिहानबाट पनि ‘हँ, खै’ भन्दै उठ्ने म आवाज सुन्दैमा चेत गुमाइहालेँछु ।

उड्ने; घिस्रने, दगुर्ने, हिँड्ने सबैखाले हाम गरिहालेँछु । बाहुनको छोरो भएर मोरोमा परिणत नहोऊँ भनी जनै फुकालेर गोजीमा खाद्नचाहिँ भुलिनछु ।

भँगेरे पेट लिएर गएको मान्छे अर्ना पेट लिएर कोठा फर्केँ । हत्तपत्त पत्नी खरानी र गङ्गाजल छर्कन सामुमा खडा हुँदा पो झसङ्ग भएँ ।

पत्नीको मनमा खोके काकालाई घाट पुर्याएर आएको भन्ने रहेछ । मेरो मनमा पाँच वर्षको व्रतको सद्गती गरेर फर्केको सम्झना भयो ।

जता भए पनि र जसरी सम्झे पनि साँच्चै म त मलामी पो गएर आएको रहेछु ।

०००
२०७९।४।२८
गोलबजार, सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x