साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी एकता

उनीहरू गद्दार हुन् । उनीहरू झन लालगद्दार हुन् । अनि कसरी मिल्छन् त ? त्यही भएर त मिल्दैछन् त । हो त्यही भएर त मिल्दैनन् त । मिल्दा प्रभु रिसाउँछन् रे । मिल्दा भगवान् मान्दैनन् रे । मिल्दैनन् ?

Nepal Telecom ad

मिल्छ ?
मिल्दैन ।
मिल्दैन ?
मिल्छ ।
किन मिल्नु हौ ?
हैन मिल्नै पर्छ नि ।
किन नमिलेका नि ?
मिल्न त हुन्न नि ।
अब मिल्ने ठाउँ सकिएकै हो त ?
हैन मिल्ने ठाउँ त बाँकी भैहाल्छन् नि ।
मिल्ने ठाउँ के बाँकी छ र ?
अब त मिल्ने ठाउँ सकिए क्यारे ।
उ ः मिल्ला मिल्ला जस्तो छ ।
हैन अब त नमिल्ने भो अरे ।
ठिक भो मिल्नु हुँदै हुँदैन ।
हैन मिल्नु पथ्र्यो नि ।
आफ्नै सरकार ढाल्नेसँग कसरी मिलुन् ?
आफ्नै सरकारमा नराख्नेसँग कसरी मिलुन् ?
हामी विकास विरोधीसँग मिल्न सक्दैनौँ ।
हामी पनि प्रतिगामीसँग मिल्न सक्दैनौँ ।
उनीहरू दक्षिणपन्थी हुन् ।
उनीहरू उत्तरपन्थी हुन् ।
हाम्रो योगदानले बनेको पार्टी हो यो ।
हैन हाम्रोचाहिँ योगदानले बनेको पार्टी हो ।
उनीहरू पद बाँड्नै चाहदैनन् ।
उनीहरू पदबिना बस्नै चाहदैनन् ।
त्यो अप्राकृतिक गठबन्धन हो ।
यो प्राकतिक गठबन्धन हो ।
अनि कसरी मिल्छ त ?
अर्कासँग त मिले
आफ्नासँग किन मिल्दैनन् त ।
तिनले हाम्रा खुट्टा ताने ।
तिनले हामलाई लात्ती हाने ।
अनि कसरी मिल्नु त ।
हामी सडकमा पुर्‍याइदिन्छौँ ।
हामी बार्दलीमा उभ्याइदिन्छौँ ।
हामी सरकारबाट गलत्याएर निकाल्छौँ ।
हामी जसरी पनि सरकार टिकाउँछौँ ।
मिल्छ ?
मिल्दैन ।
मिल्नै दिँदैनन् ।
मिलाउनै खोज्दैनन् ।
मिल्दा पदै पुग्दैनन् ।
मिल्दा कुर्सी नै खनिदैनन् ।
छिमेकीले नमिल् भनेका छन् रे ।
आफन्तले मिल्लास् भनेका छन् रे ।
कोही घरका छन्,
कोही घाटका छन्,
कोही घरका न घाटका छन्,
अनि कसरी पो मिल्छन् र ?
ए अब मिल्दैनन् त ?
उनीहरूले तिनीहरूलाई निकालेका हुन् ?
हैनन् तिनीहरू आफैँ निस्किएका हुन् ।
तिनीहरू आफैँ निस्किएका हुन् ?
हैन तिनीहरूलाई उनीहरूले निकालेका हुन् ।
अनि मिले अरे त ।
हैन हैन केही लेनदेन गर्न मिलेका हुन् ।
राष्ट्रिय देन गर्न मिलेका हैनन् ।
उनीहरू गद्दार हुन् ।
उनीहरू झन लालगद्दार हुन् ।
अनि कसरी मिल्छन् त ?
त्यही भएर त मिल्दैछन् त ।
हो त्यही भएर त मिल्दैनन् त ।
मिल्दा प्रभु रिसाउँछन् रे ।
मिल्दा भगवान् मान्दैनन् रे ।
मिल्दैनन् ?

000

जुरोपानी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फोहोर किन हटाउनू ?

फोहोर किन हटाउनू ?

सराेज घिमिरे
हामी

हामी

सराेज घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x